३१ असार २०८३, बुधबार | July 15, 2026

युवाले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री



काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन्।

सोमवार राष्ट्रिय युवा परिषदद्धारा आयोजित युवा उद्यमशीलता प्रर्वद्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले उर्जावान युवा देशको प्रमुख शक्तिश्रोतको रुपमा रहेको बताउँदै उनीहरुले स्वदेशमै उद्यमशीलता गर्नु पर्ने बताएका हुन्।

मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारलाई अगामी दश बर्ष भित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा कार्यक्रम घोषणा गरेको बताए । उनले भने, ‘वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यमात्मक हुनुहुँदैन । स्वेच्छाले जानेहरुलाई रोक्न सकिँदैन । तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरुलाई देश भित्रै रोजगारको अवसरा सृजना गर्न श्रम मन्त्रालय संरचना र नीति निर्माण सहित कार्य गरिरहेको छ ।’

उनले रोजगारी सृजना गर्ने कार्य निजी क्षेत्रको भएको हुनाले उत्पादन र उत्पादकत्व बढे स्वतः रोजगारी सृजना हुने जिकिर गरे । संसारको जुनसुकै देशमा सरकारले सिमित संख्यामा मात्रै रोजगारी सृजना गर्ने गरेको बताउँदै निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी रोजागरीको विभिन्न अवसरहरु सृजना गर्न सरकारले आवश्यक नीति नियम सुधार गरेर जानुर्पेमा जोड दिए।

मन्त्री भण्डारीले देशभित्रै रहेका रोजगारीका सम्भवानाहरुलाई सही तरिकाले सदुपयोग गर्न नसकेको अवस्था गम्भीर चिन्ताको बिषय भएको बताए । उनले नेपालीहरु थोरै पैसाका लागि विदेशिनु भन्दा स्वदेश मै स्वरोजगार गरेर बस्न सुझाए ।

अगाडि उनले थपे, ‘नेपालीहरु केवल बैदेशिक रोजगारमा जाने मात्रैहरुको लर्को मात्रै छैन, वैदेशिक रोजगारमा गएकाहरु सीप, ज्ञान, थोरै भएपनि पुँजी लिएर फर्केर आउनेहरुको संख्यामा पनि उत्तिकै छन् ।’

मन्त्री भण्डारीले नेपाली श्रमबजारमा प्रत्येक वर्ष पाँच लाख श्रमशक्ति आउने गरेको जिकिर गर्दै ति श्रमशक्तिहरुलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देश भित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताए ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : १९ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित