२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

कालीगण्डकी करिडोर : नवलपुरको पहिरोग्रस्त क्षेत्रमा निर्माण रोकियो



नवलपुर । गण्डकी प्रदेशलाई उत्तरबाट दक्षिण जोड्ने प्रमुख राजमार्गको रूपमा निर्माण भइरहेको कालीगण्डकी करिडोरको नवलपुर खण्ड (पहिरोग्रस्त क्षेत्रबाहेक) निर्माण सम्पन्न भएको छ ।

गैँडाकोटबाट पाल्पाको राम्दीसम्मको एक सय ३२ किलोमिटरमध्ये एक सय २७ किमी सडक कालोपत्र गरिएको सडक कालीगण्डकी करिडोर (गैँडाकोट-राम्दी-मालढुङ्गा) खण्ड योजनाले जनाएको छ । योजनाका अनुसार नवलपुरको विभिन्न स्थानमा गरी एक हजार छ सय ८० मिटर पहिरोग्रस्त क्षेत्र भएकाले पाँच किमी सडक निर्माण गर्न सकिएको छैन ।

पहिरो गएको ठाउँ छोडेर यस खण्डको बाँकी सबै काम सकिएको योजनाका सूचना अधिकारी इञ्जिनीयर अरुण खत्रीले जानकारी दिए। “नवलपुरको विभिन्न छ स्थानमा गरी करिब एक हजार सात सय मिटरमा ठूलो पहिरो झर्ने गरेको छ”, उनले भने, “पहिरो रोकथाम नगरी सडक स्तरोन्नति गर्दा उपलब्धिमूलक नहुने लागेर कालोपत्र गरिएको छैन ।”

पहिलोग्रस्त क्षेत्रमा जोखिम अत्यधिक भएकाले पहिरो जाने ठाउँमा पाँच किमी सडक कालोपत्र नगरी राखिएको खत्रीले बताए । “उक्त स्थानमा पहिरो खसेमा पहिरो सफा गरी यातायात सञ्चालन गर्ने गरिएको छ”, उनले भने, “पहिरोग्रस्त क्षेत्रमा जियोलोजिकल÷जियोटेक्निकल (भूविज्ञान तथा भू-प्राविधिक) अध्ययन गरेर रोकथामको काम गर्न सकिन्छ ।”

भूविज्ञान तथा भू–प्राविधिक अध्ययनबाट औँल्याइए बमोजिमको डिजाइन एवं प्रविधिबाट पहिरोको रोकथाम तथा सडक स्तरोन्नतिका लागि सडक विभागमा अनुरोध गरिएको योजनाका सूचना अधिकारी खत्रीले बताए। “भू–प्राविधिकको अध्ययनबाट आएका सुझाव अनुसार निर्माण गरिने छ”, उनले भने, “यसखण्डको सबैभन्दा ठूलो पहिरो काउडे भिरमा पाँच सय ५० मिटर रहेको छ ।”

तरङ्गे खोलामा चार सय ५० मिटर, बतासे डाँडाको दुई ठाउँमा गरी दुई सय २० मिटर, मोचडाँडा दुई सय ६० मिटर र मचेडीमा दुई सय २० मिटर पहिरोको जोखिम क्षेत्र रहेको सूचना अधिकारी खत्रीले जानकारी दिए ।

अन्य स्थानमा पनि सामान्य पहिरो खस्ने गरेकाले सामान्य पहिरो हटाउने गरिएको भन्दै ठूला पहिरो हटाउन बढी समय लाग्ने गरेको सूचना अधिकारी खत्रीले बताए । कालीगण्डकी कोरिडोरअन्तर्गत गैँडाकोट-राम्दी-मालढुङ्गा खण्डमा नवलपुरको गैँडाकोटबाट रामपुर-पिपलडाँडा-राम्दी-रानीमहल-रिडी-हर्मीचौर हुँदै बलेवा खण्ड करिब दुई सय ४० किमी रहेको उनले जानकारी दिए ।

गण्डकी प्रदेशको दक्षिणी सिमाना नवलपुरको त्रिवेणी भन्सारबाट उत्तरी नाका कोरलासम्म पुग्नेगरी सडक निर्माण भइरहेको छ । हालसम्म दक्षिण खण्डको भौतिक प्रगति ६६ दशमलव ५५ प्रतिशत भएको भन्दै योजनाका सूचना अधिकारी खत्रीले आर्थिक वर्ष २०८३/८४ सम्म सडक निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिनुभयो । करिडोरको यस खण्डअन्तर्गत पर्ने दुई सय ४० किलोमिटर सडकमध्ये नवलपुरमा मात्रै ७८ किलोमिटर पर्दछ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ४ : १४ बजे

Your email address will not be published.

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो

सप्तरी । छठ पर्वको तेस्रो दिन आज साँझ व्रतालुले अस्ताउँदो

काठमाडौंबाट रारा जाँदै गरेको जिप दुर्घटनामा तीन जनाको मृत्यु

मुगु । मुगुमा जिप दुर्घटना हुँदा आज तीन जनाको मृत्यु

बाख्रापालनले फेरियो डम्बरको जीवन

नेपालगञ्ज । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण