२० मंसिर २०८२, शनिबार | December 6, 2025

परराष्ट्रमन्त्री देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेकी छिन् ।

बेल्जियमको ब्रसेल्समा बिहीबार भएको सो भेटका अवसरमा नेपाल इयु सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो ।

नेपाल र युरोपियन युनियनले यस बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्ष मनाइरहेको बारेमा उहाँहरुबीच कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपाल सदैव प्रजातन्त्र, कानुनी शासन र मानवअधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री देउवाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गरिन् । युरोपियन युनियन नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको स्मरण गर्दै मन्त्री देउवाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरिन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्रीले नेपालका तर्फबाट आफूले केही दिनमात्र अघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे)मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उनलाई गराएकी थिइन ।

मन्त्री देउवाले कमिसनर ओपकेलाई नेपालमा परेको जलवायु परिवर्तनको असर तथा पछिल्ला बर्षहरुमा यसबाट नेपालले व्यहोर्नुपरिरहेको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा युरोपियन युनियनसँग सहयोगको अपिल पनि गरेकी थिइन ।

त्यसैगरी मन्त्री देउवाले युरोपेली आकासमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट)सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि कमिसनर ओपकेलाई आग्रह गरेकी थिइन । यसका कारण नेपालबाट सीधा उडान हुन नसक्दा नेपाली नागरिकलाई युरोप आवातजावतमा समस्या पर्न गएकोप्रति उनले युरोपियन युनियनको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ५ : १९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल