९ माघ २०८१, बुधबार | January 22, 2025

आज नेपाल पत्रकार महासङ्घको निर्वाचन



काठमाडौं । आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको आज निर्वाचन हुन लागेको हो ।

आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मानिएका छन् ।

प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका हुन । सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रदैँछन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्यतयास् मैदानमा देखिएका छन् ।

महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा देखिएका छन् ।

यसपटक महासंघमा चौतारी र युनियन तथा सेन्टर र समाजवादी संगठनका उम्मेदवार बिचमा प्रतिस्पर्धा हुने ठानिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ६ : ३९ बजे

जिल्ला अदालत रुपन्देहीमा हाजिर भए रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला

झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

झापा । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९