१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद



काठमाडौँ । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बरामद गरिएको कपडामा कुर्तासुरूवाल एक हजार छ सय २७ थान, स्काफ एक हजार सात सय २२ थान, सल दुई हजार सात सय ६८ थान, लेडिज ब्याग, साडीपिन, लङ्कोटलगायत रहेको छ । ती सामानको मूल्य रू ३० लाख ४९ हजार सात सय कायमगरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १२ : ५० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा