२ चैत्र २०८२, सोमबार | March 16, 2026

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘कला रत्न’ सम्मान



बुटवल । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई बुटवलमा ‘कला रत्न’ का रूपमा सम्मान गरिएको छ । विगत ४० दशक भन्दा बढी समय देखि एउटा आदर्श जोडीका रूपमा रहेर कलाकार द्वय मदनकृष्ण तथा हरिवंशले हास्य व्यङ्ग कला मार्फत नेपाली  कला तथा संस्कृतिको  प्रवर्द्धन तथा विकाशमा अतुलनीय योगदान पुर्याएकाे भन्दै नेपलीज हाेटलीयर्स एसाेिसएसन लुम्बिनीले सनिबार बुटवलमा सम्मान गरेको हो ।

शनिबार बुटवलमा आयोजित मह जात्रामा कलाकार द्वय मदनकृण श्रेष्ठ तथा हरिवंश आचार्यलाई दाेषल्ला तथा प्रमाणपत्र सहित एसोसिएसनले सम्मान गरेको हो । कलाकार मदनकृत श्रेष्ठ तथा हरिवंश आचार्य नेपाली कला क्षेत्रमा मित्रताको एउटा आदर्श जोडीका रूपमा मानिन्छन् । उनीहरू ४५ वर्ष देखि निरन्तर कलाकार जोडीका रूपमा सहकार्य गरीरहेका छन् । एक दशकको अन्तराल पछि पुनः मह जात्रा  लिएर आएको मह सञ्चारले बुटवल मण्डप स्थित  सभा हलमा मह जात्रा प्रहसन प्रस्तुत गरेको हो ।

धेरै लामो समय पश्चात् बुटवलमा  भएको मह जोडीको प्रहसन हेर्न  बुटवल बासीको उल्लेख्य उपस्थिति रहेकाे थियो । मह जाेडीकाे प्रहसनमा दर्शकहरू पेट मिचिमिचि हासेका देखिन्थे । मह जोडीको प्यारोडी गायन बाट सुरु भएको कार्यक्रम मह जोडी लाई सम्मान गरे सँगै समापन भएको थियो ।

मह जोडी मध्यका ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठ लामाे समय बाट पार्किन्सन्स रोगबाट पीडित भए तापनि अभिनय, लेखन र गायनलाई भने निरन्तरता दिइरहेका छन् । उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म कलाकारिता क्षेत्रमा लागिरहने बताउँदै साथी हरिवंशलाई सधैँ साथ दिने प्रतिबद्धता पनि सार्वजनिक रूपमा प्रकट गर्दै आएका छन् ।

महजात्रामा कलाकार मदनकृत श्रेष्ठ तथा हरिवंश आचार्य संगै राजाराम पौडेल, किरण के.शी, शिव हरी पौडेल, दिनेश काफ्ले नरेन्द्र कंशाकार, यमन श्रेष्ठ, शैलेन्द्र सिम्खडा समेतकाे प्रस्तुति रहेको थियो ।

बुटवलको आन्तरिक पर्यटनलाई बढवा दिने तथा बुटवल हरेक कुरामा सक्षम छ भन्ने संदेश प्रवाह गर्न पनि याे कार्यक्रम आयाेजना गरेकाे संस्थाका अध्यक्ष प्रविण पाठकले बताए । स्थानिय पर्यटनकाे प्रर्वद्धन गनेर उदेश्यले आयाेजकले महसंचारका सदस्यहरूलाई बुटवलका बिभिन्न् स्थानहरूको भ्रमण समेत गराएक थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : ३६ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित