३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा



लुम्बिनी । लुम्बिनीदेखि तिलौराकोटसम्म परिकल्पना गरिएको मायादेवी सुत्केरी मार्गमा महिला मोटरसाइकल ‘राइडर’हरूले यात्रा सुरु गरेका छन् । सुत्केरी मार्गको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित यात्राको सुरुआत गरिएको हो ।

सुत्केरी मार्गमा पर्ने ग्रामीण क्षेत्रहरूमा पर्यटकीय गतिविधि बढाएर स्थानीय बासिन्दाको आर्थिकस्तर उकास्नलाई पनि यो कार्यक्रम आयोजना गरिएको आयोजक विक्रमपाँडे काजीले बताए । यसमा ‘दुईपाङ्ग्रे क्विन’ समूहका १० जना महिला राइडरको सहभागिता रहेको उनले बताए । राइडरहरू सुत्केरी मार्ग हुँदै कपिलवस्तुको पर्यटकीय क्षेत्रहरू कुदान, गोटिहवा, सगरहवा, निग्लिहवालगायत क्षेत्रमा पुग्ने पाँडेले जानकारी दिए ।

मायादेवी सुत्केरी मार्गका परिकल्पनाकार पाँडेका अनुसार करिब ३८–३९ किलोमिटर दूरीको यात्रालाई तीर्थयात्राका रूपमा स्थापित गराउन यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ । “यस मार्गमा हिँड्ने तीर्थयात्रीलाई तीनदेखि चार दिन लाग्नसक्ने र यसले लुम्बिनी तथा कपिलवस्तुमा पर्यटकहरूको बसाइँ अवधि लम्ब्याउन सहज हुनेछ । लुम्बिनी भ्रमणका लागि आउने अधिकांश तीर्थयात्रीहरू कपिलपस्तुसम्म पुग्दैनन् । यस कार्यक्रमले कपिलवस्तुमा पर्यटकको सङ्ख्या वृद्धिमा पनि सहयोग पु¥याउने विश्वास लिएका छौँ”, पाँडेले भने ।

लुम्बिनीको सद्भावनादूतसमेत रहेका पाँडेले मायादेवी सुुत्केरी मार्ग तयार भइसकेको हुँदा यसको प्रचारप्रसारका लागि सरकारीस्तरबाट प्रयास गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ४५ बजे

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छ : प्रचण्ड

मकवानपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया