२ भदौ २०८३, मंगलबार | August 18, 2026

ओलीलाई वामदेवको चुनौती – बद्नाम गर्नुहोला भन्ने लागेको थिएन, अडियो सार्वजनिक गर्नुस!



काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बद्नाम गर्ने कोशिस गरेको आरोप लगाएकाछन् ।

आफुलाई प्राप्त भिडियो लिंकबारे राजेश बज्राचार्यसँग गरेको सम्वाद्लाई ओलीले आफैसँग सम्बाद गरेको भन्दै विषयलाई तोडमोड गराए आफ्नो बद्नाम गराउन खोजेको भन्दै गौतमले आरोप लगाएका हुन् ।

ओलीले गौतमले आफैसँग मोवाइलमा कुरा गरेको र उनले आफुलाई प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन भनेको दाबी गरेका थिए । ओलीले भनेका थिए, ‘कुरा गर्दै गइयो तर अन्तिममा त तिम्रा ठुला बालाई भन्देऊ । प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्नु भन्देऊ भनेर एकछिन पड्किनुभयो । हस् म भन्दिउँला भनेँ ।’

तर सोमबार ओलीलाई जवाफ फर्काउँदै गौतमले सो सम्वाद्को भ्वाइस रेकर्ड सार्वजनिक गर्न ओलीलाई चुनौती दिएका छन् । मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई प्राप्त भएको र त्योबारे कुरा गर्नका लागि आफूले ओलीलाई फोन गरेको तर नलागेपछि राजेशको नम्बरमा फोन गरेको गौतमले जिकिर गरेका छन् ।

उनले यसलाई प्रचारको विषय बनाइएला भन्ने आफुलाई नलागेको पनि उल्लेख गरेका छन् । गौतमले वक्तव्यमार्फत भनेका छन् :

“तपाईँको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छांगाबाट खसेजस्तो भएँ १ त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो ।

त्यसपछि मैले वहाँलाई भनेँ – एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाईँलाई पठाइदिएको छु । तु वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ ।

योभन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नम्बर राजेश कै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन ।

क. केपी, म तपाइलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् १ पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।”

 

 

 

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ११ : ०९ बजे

बाढी पहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित, दुई आयोजना बन्द

म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको

कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम

पश्चिम नेपालमा वर्षा जारी, पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा