७ चैत्र २०८२, शनिबार | March 21, 2026

दिगो आर्थिक विकास र प्रकोप न्यूनीकरणका लागि चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता



काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ ।

जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले हस्ताक्षर गरे ।

निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपत् व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्यलाई पूरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिवद्धता जनाइएको छ ।

चेम्बर अफ कमर्श र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउनेछ । राष्ट्रसङ्घीय एजेन्सीसँग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपुर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।

युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसङ्घीय लक्ष्यहरु पूरा गर्न चेम्बरसँग सहकार्य गर्न पाउदाँ खुसी लागेको बताए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसँग गरिएको सहकार्य अति नै महत्वपूर्ण भएको उनले बताए ।

निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने चेभिलार्डले बताए । नेपालको हिमाल जोगाउन तथा जलवायु परिवर्तनविरुद्ध चेम्बरसँग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : ३४ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको