१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा. लामा द्वारा समापन



लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा गत आइतबार देखि आयोजना भएको ३३औँ शाक्य मोन्लम पूजा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ) द्वारा समापन गरिएको छ।

मंसिर २४ देखि लुम्बिनी विकास कोषको पहलमा आठ वर्ष सम्म लुम्बिनीमा रोकिएको मानव कल्याण र विश्व शान्तिको कामना सहितको शाक्य मोन्लम पूजा यस वर्ष देखि लुम्बिनीमा पुनः सुरु भएको हो ।

२५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्ष सम्म रोकिए पछि विश्व प्रसिद्ध बौद्ध धर्मगुरु ४१औं शाक्य गोङ्मा ठ्रिछेन रिन्पोछेलाई उपाध्यक्ष डा. लामाको पहलमा लुम्बिनी ल्याएर मोन्लम पूजाको शुभारम्भ भएको हो ।

समापन कार्यक्रममा उपाध्यक्ष डा. लामालाई द ग्रेट बुद्ध फाउन्डेसन द्वारा बुद्धको मुर्ति उपहार दिएर धन्यवाद व्यक्त गरिएको थियो भने लुम्बिनी विकास कोषका कर्मचारी, होटल व्यवसायी, सुरक्षाकर्मी सहित पुजामा सहयोग गर्ने सबैलाई शाक्य मोन्लम आयोजकद्वारा विशेष धन्यवाद दिएको छ ।

विगत आठ वर्षसम्म भारतको बोधगयमा हुँदै आइरहेको शाक्य मोन्लम पूजा लुम्बिनीमा आयोजना हुँदा विभिन्न मुलुकका लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरु सहित हजारौं भक्तजनहरु उपस्थित भएका थिए । विभिन्न मुलुकका लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरु सहित हजारौं भक्तजनहरुको लुम्बिनीमा भएको आगमनबाट आफुहरु उत्साहित भएको लुम्बिनीका होटल व्यवसायी तथा स्थानीयले बताएका छन् ।

भगवान बुद्धका उपदेशका पाठहरू गर्दै बोद्धिसत्व गरेकाहरूको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्त्व रहेको हुन्छ । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरूलाई प्रोत्साहन गर्ने नीति लिएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए ।

गत वर्ष देखि लुम्बिनीलाई आध्यात्मिक धार्मिक वातावरण बनाउनको निम्ति विभिन्न संघ संस्थाहरुलाई मायादेवी मन्दिरमा मोन्लम पूजा गर्न आग्रह गर्दै आइरहेको कार्यकारी सदस्य रोक्का बताए ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ७ : ४७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले