२१ मंसिर २०८२, आइतबार | December 8, 2025

‘राज्य सूसुचित हुन सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यान्वयमा आउनुपर्ने’



नेपालगन्ज । समाजमा घट्ने घटनाहरुको वास्तविक तथ्याङ्क संकलनका लागि स्थानीयतहले सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । युएसएडको परियोजनाका लागि माइती नेपालले आज नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहबाट सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई प्राथमिकतामा राखेर कार्यान्वय गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सहभागीहरुले स्थानीयतहमा गैरसरकारी संस्थाहरुले प्रगति प्रतिवेदन बुझाउनु पर्ने भनिएपनि त्यसमा अनिवार्यता कायम नगर्दा समाजमा भएका घटनाहरु सरकारी निकाय सम्म पुग्ने नगरेको बताए । उनीहरुले स्थानीयतहबाट पनि आफ्नो कार्यक्षेत्रमा कार्यरत सामाजिक संस्थाहरुको अनुगमन र अभिलेखिकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले युएसएडको सहयोगमा माइती नेपालले प्रवद्र्धन गरेको सामाजिक सूचना व्यवस्थापन प्रणाली पूर्णरुपमा कार्यान्वयमा आउँदा समाजका धेरै घटनाहरुको तथ्याङ्क अभिलेखिकरण हुन सक्ने बताए । उनले राज्यसंग समाजका हरेक घटना र गतिबिधिको सूचना हुन जरुरी रहेको उल्लेख गर्दै सूचना र अभिलेख भएमात्र योजना बनाउन र कार्यान्वयनमा सहज हुने बताए । सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएसँगै स्थानीयतह सहित सरकारलाई समाजका आधारभूत वर्गमा रहेको समस्या केलाउन र समाधानको उपाय खोज्न सहजिलो हुने विश्वास ब्यक्त गरे ।

नेपालगन्ज उपमहानगरकी महिला विकास शाखाकी अधिकृत मन्जु पाण्डेले पालिका क्षेत्रभित्र काम गर्ने समाजिक संस्थाहरुले स्थानीय सरकारलाई रिपोर्ट नदिँदा समस्या समाधानमा समस्या पर्ने गरेको बताइन् । उनले केही संस्थाहरुले नियमित रिपोर्ट बुझाउने गरेपनि धेरै गैरसरकारी संस्थाहरुबाट तथ्याङ्क प्राप्न नहुँदा स्थानीय सरकार घटना र सूचनाबाट बन्चित हुनु परेको बताइन् । सरकारले स्थानीयतहको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई अनिवार्य रिपोर्ट बुझाउनै पर्ने कानुन बनाउन सकेमात्र सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आउने उनको भनाई छ ।

शक्ति समुहकी प्रतिनिधि निर्मला पौडेलले त्रैमासिकरुपमा आफ्नो संस्थाले स्थानीयतहमा प्रतिवेदन पठाउने गरेको बताइन् । उनले अनिवार्य बुझाउनु पर्ने व्यवस्था नहुँदा कतिपय संस्थाहरुले आफ्नो निमायमा रिपोर्ट पठाएपनि स्थानीयतहमा नबुझाउने गरेको उल्लेख गर्दै सबै समाजिक संस्थाहरुलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीको पहुँच हुन सके रिपोर्ट पठाउन सहज हुने बताइन् । माइती नेपालको समन्वयमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको पहँचमा सबै संस्थाहरु पुग्ने क्रममा रहेको उनले बताइन् ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरको स्वास्थ्य, समाजिक र महिला शाखाका प्रमुखहरुसहित मानव बेचबिखन, महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ४१ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब