१० श्रावण २०८३, आइतबार | July 27, 2026

‘राज्य सूसुचित हुन सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यान्वयमा आउनुपर्ने’



नेपालगन्ज । समाजमा घट्ने घटनाहरुको वास्तविक तथ्याङ्क संकलनका लागि स्थानीयतहले सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । युएसएडको परियोजनाका लागि माइती नेपालले आज नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहबाट सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई प्राथमिकतामा राखेर कार्यान्वय गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सहभागीहरुले स्थानीयतहमा गैरसरकारी संस्थाहरुले प्रगति प्रतिवेदन बुझाउनु पर्ने भनिएपनि त्यसमा अनिवार्यता कायम नगर्दा समाजमा भएका घटनाहरु सरकारी निकाय सम्म पुग्ने नगरेको बताए । उनीहरुले स्थानीयतहबाट पनि आफ्नो कार्यक्षेत्रमा कार्यरत सामाजिक संस्थाहरुको अनुगमन र अभिलेखिकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले युएसएडको सहयोगमा माइती नेपालले प्रवद्र्धन गरेको सामाजिक सूचना व्यवस्थापन प्रणाली पूर्णरुपमा कार्यान्वयमा आउँदा समाजका धेरै घटनाहरुको तथ्याङ्क अभिलेखिकरण हुन सक्ने बताए । उनले राज्यसंग समाजका हरेक घटना र गतिबिधिको सूचना हुन जरुरी रहेको उल्लेख गर्दै सूचना र अभिलेख भएमात्र योजना बनाउन र कार्यान्वयनमा सहज हुने बताए । सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएसँगै स्थानीयतह सहित सरकारलाई समाजका आधारभूत वर्गमा रहेको समस्या केलाउन र समाधानको उपाय खोज्न सहजिलो हुने विश्वास ब्यक्त गरे ।

नेपालगन्ज उपमहानगरकी महिला विकास शाखाकी अधिकृत मन्जु पाण्डेले पालिका क्षेत्रभित्र काम गर्ने समाजिक संस्थाहरुले स्थानीय सरकारलाई रिपोर्ट नदिँदा समस्या समाधानमा समस्या पर्ने गरेको बताइन् । उनले केही संस्थाहरुले नियमित रिपोर्ट बुझाउने गरेपनि धेरै गैरसरकारी संस्थाहरुबाट तथ्याङ्क प्राप्न नहुँदा स्थानीय सरकार घटना र सूचनाबाट बन्चित हुनु परेको बताइन् । सरकारले स्थानीयतहको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई अनिवार्य रिपोर्ट बुझाउनै पर्ने कानुन बनाउन सकेमात्र सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आउने उनको भनाई छ ।

शक्ति समुहकी प्रतिनिधि निर्मला पौडेलले त्रैमासिकरुपमा आफ्नो संस्थाले स्थानीयतहमा प्रतिवेदन पठाउने गरेको बताइन् । उनले अनिवार्य बुझाउनु पर्ने व्यवस्था नहुँदा कतिपय संस्थाहरुले आफ्नो निमायमा रिपोर्ट पठाएपनि स्थानीयतहमा नबुझाउने गरेको उल्लेख गर्दै सबै समाजिक संस्थाहरुलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीको पहुँच हुन सके रिपोर्ट पठाउन सहज हुने बताइन् । माइती नेपालको समन्वयमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको पहँचमा सबै संस्थाहरु पुग्ने क्रममा रहेको उनले बताइन् ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरको स्वास्थ्य, समाजिक र महिला शाखाका प्रमुखहरुसहित मानव बेचबिखन, महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ४१ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले