४ पुस २०८२, शुक्रबार | December 20, 2025

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने



काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ । निर्देशक आचार्यले डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरुमा छायाङ्कन गरिएको जानकारी दिए ।

उनले भने, “यो नाम धार्मिक सुनिए पनि यो महाभारतको पात्र नभई हाम्रो गाउँ र परिवेशकै एक महिला पात्रको कथा हो । यसमा हाम्रो कथासँगै हाम्रै रमणीय र पर्यटकीयस्थललाई देख्न पाउनुहुनेछ ।”

निर्देशक आचार्यले नेपालीपन भएको आभास गराउने ‘द्रौपदी’ एक पृथक कथा रहेको बताए । यस चलचित्रमा आश्विनी शाही, रवि ओड, जेल्सन अधिकारी, सुजाता तिमल्सिनाका साथमा निर्देशक आचार्यको अभिनय रहेको छ ।

आरवी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ शर्मा बस्यालले पाश्र्वसङ्गीत, अनिल महर्जनले सम्भायन र मोहनकुमार झिल्लुले छायाङ्कन गरेका छन ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ८ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको