२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा



बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा हुने भएको छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र मा यहि पुस ५ र ६ गते दुई दिन केन्द्रीय साधारण सभा आयोजना गर्न लागिएको हो ।

जसको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले सम्मेलनमा देशभरबाट बचत तथा ऋणको कारोबार गर्ने सहकारी सदस्यका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागीता हुने जानकारी दिए ।

उनले‘एउटै अभियान एउटै आवाज, सुरक्षित साकोस समुन्नत समाज’ भन्ने नाराका साथ साधारण सभा आयोजना गर्न लागिएको अध्यक्ष ढकालको भनाई रहेको छ ।

साधारण सभाको नेपाल सरकार भुमि व्यस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री बालराम अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दुई दिन सम्म चल्ने साधारण सभामा दोस्रो दिन प्राविधिक शत्र आयोजना गरिएको नेपाल बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रीकृष्ण नेपालले जानकारी दिए । सहकारी सम्मेलनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको समेत प्रर्वद्धन गरिने कार्यक्रम समेत तय गरिएको छ ।

नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड रुपन्देहीका अध्यक्ष बसन्त प्रसाद ढकालले साधारण सभामा उत्कृष्ठ कार्य गर्ने सहकारी संस्थाहरुको सम्मान समेत गरिने भएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ११ : २७ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम