१० श्रावण २०८३, आइतबार | July 27, 2026

देवदहमा दोस्रो मिडिया फेष्टिवल हुँदै



देवदह । देवदहमा मिडिया फेष्टिवल हुने भएको छ । देवदह प्रेस क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै पुष ११ र १२ गते सरहनबारीमा दोस्रो मिडिया फेष्टिवल गर्न लागेको जनाएको हो ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष बिष्णु पोखरेलले देवदहलाई बौद्धिक बहसको केन्द्रका रुपमा स्थापित गर्ने उद्धेश्यले मिडिया फेष्टिवल गर्न लागिएको बताए । ‘बुद्ध माता मायादेवी, सानीआमा प्रजापति गौतमी र उहाँकी जीवनसंगिनी यशोधराजस्ता महान र विलक्षण प्रतिभावान नारीहरु जन्मिएको देवदह आफ्नै ऐतिहासिक विरासत र पुरातात्विक महत्व बोकेको क्षेत्र हो ।’ अध्यक्ष पोखरेलले भने, ‘देवदहको प्रचारप्रसारमा उल्लेख्य काम हुन नसकेको र पर्याप्त बौद्धिक बहस, अन्तरक्रिया र छलफलसमेत नभएको महसुस गरी गतवर्षबाट सुरु गरिएको देवदह मिडिया फेष्टिवलको दोस्रो संस्करण थप व्यवस्थित र परिस्कृत ढंगले गर्ने तयारी गरिरहेका छौं ।’

फेष्टिवलमा स्वतन्त्र प्रेस, व्यावसायिक पत्रकारिता, विकास तथा सुशासन, कृषि र पर्यटनसंगै नेपाली समाजमा पछिल्लो समयमा देखिएको आम असन्तुष्टि र लोकप्रियतावादको विषयमा समेत राष्ट्रियस्तरका नेताहरुसंग प्यानल डिस्कसन हुने जनाइएको छ । जसमा ५ वटा सेशनमा छलफल हुने आयोजकले जनाएको छ ।

गत साल मकै विशेष मिडिया फेष्टिवल आयोजना गरेको क्लबले यो वर्ष महोत्सवलाई सिमि विशेष बनाउने तयरी गरेको छ । फेष्टिवल संचालन गर्न पाँच लाख रुपैंया खर्च लाग्ने आयोजकको भनाइ छ ।

वि. सं. २०७८ सालमा स्थापना भएको क्लबले पत्रकारिता तालिम, प्रथम देवदह मिडिया फेष्टिवल, प्रथम देवदह मिडिया कप, पर्यटन प्रवद्र्धनका लागि पत्रकार पदयात्रा, देवदह सञ्चार डाईरेक्टरी प्रकाशनसंगै विशेष परिस्थितिमा पत्रकार सम्मेलन, अन्तरक्रिया, गोष्ठी आदि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : ४० बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले