६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

‘कांग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन’ : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चूनौती रहेको बताएका छन् ।

नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस काठमाडौंँ महानगर समितिले क्षेत्रपार्टीमा आज आयोजना गरेको महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, “अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो, क्रियाशील सदस्यको सङ्ख्या धेरै छ । तर, क्रियाशील सदस्यलाई सदस्यताको महत्व बुझाउन जरुरी छ ।”

हरेक क्रियाशील सदस्यलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा नेता सिंहले जोड दिए देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै सङ्घर्ष गरेको र जनताको पटक–पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशील सदस्यता सामान्य विषय नभएको उनले बताए । पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्ने सिंहले उल्लेख गरे ।

काठमाडौँवासीले भोगेका पीर मर्का र समस्या समाधान गर्नतर्फ लाग्न उपप्रधानमन्त्री समेत रहेका सिंहले काठमाडौँ महानगर समितिलाई आग्रह गरे। एक सय दिने विशेष अभियानले पार्टी सङ्गठन सुदृढीकरण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । काठमाडौँ कांग्रेसको सय दिने विशेष अभियानका लागि नेता कृष्णप्रसाद सिटौला खटिएका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १२ : ४४ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक