१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका



नेपालगन्ज । बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार पाँच सय ८८ बालबालिका फेला परेका हुन् ।

“पछिल्लो समय कुपोषण भएका बालबालिकाको अवस्था घट्दो देखिन्छ । यद्यपि जिल्लाका आठ वटै स्थानीय तहमा चालु आवको पाँच महिनामा एक हजार पाँच सय ८८ बालबालिका फेला परेका छन्”, जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन अधिकृत देवनारायण उपाध्यायले भने ।

उनले कुपोषणको अवस्थामा रहेका बालबालिकालाई लक्षित गरेर सङ्घ, प्रदेश र स्थानीय सररकारले पोषण विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै सबैभन्दा बढी मधेसी र मुश्लिम समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएको बताए ।

समाजमा रहेका विभिन्न समुदायमा फरकफरक अवस्थामा रहेका बालबालिकालाई कुपोषण भएको देखिएको अधिकृत उपाध्यायले उल्लेख गरे । उनका अनुसार सबैभन्दा बढी जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिकामा कुपोषणका बालबालिका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जानकी गाउँपालिकामा तीन सय ७४, नरैनापुर गाउँपालिकामा तीन सय ५१, नेपालगन्ज उपमहानगरपालिकामा दुई सय २०, डुडुवा गाउँपालिकमा एक सय सात बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।

राप्ती सोनारी गाउँपालिकामा एक सय ५०, कोहलपुर नगरपालिकामा ६०, बैजनाथ गाउँपालिकामा दुई सय ३५ र खजुरा गाउँपालिकामा ९१ गरी एक हजार पाँच सय ८८ बालबालिकामा कुपोषण रहेको पोषण फोकल पर्सन उपाध्यायले जानकारी दिए । सबै तहका सरकारबाट जनचेतनामूलक कार्यक्रमसहित पोषण विशेष कार्यक्रममार्फत बालबालिकामा पुगिएको उनले उल्लेख गरे ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीले बालबालिकामा देखिएको कुपोषण घट्दोमा अवस्थामा देखिए पनि सन्तोषजनक नरहेको उल्लेख गर्दै जसरी घट्नुपर्ने त्यसरी नघटेको बताए ।

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले डुडुवामा पछिल्लो समय कुपोषण भएका बालबालिका घट्दै गएको जानकारी दिँदै ती बालबालिका सङ्क्रमण मुक्त भएका उल्लेख गरे ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ४ : ०१ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला