१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

सरकारको डिजिटल स्वास्थ्य नीतिलाई सफल बनाउँदै ‘हेल्थ याद आयो’



नेपालगन्ज । नेपालमा स्वास्थ्य सेवा विस्तारको बारेमा चर्चा गर्दा हामी धेरै पटक सरकारी अस्पतालको भिड, निजी अस्पतालको महँगो उपचार र सहज पहुँचको अभाव जस्ता समस्याहरू सम्झन्छौँ । विरामी भएर अस्पताल पुगे पनि घण्टौँ लाइनमा बस्नु, फाराम भर्नु, टिकट काट्नु, डाक्टरको समय कुर्नु, रिपोर्ट ल्याउन फेरि उही प्रक्रिया दोहो¥याउनु, यी सबै कुराले मानिसलाई रोगभन्दा बढी उपचार प्रक्रियाको तनाव सिर्जना गर्ने गरेको छ।

यस्तै अनावश्यक झन्झट र अप्ठ्याराहरूको विकल्पकारुपमा स्थापना भएको ‘हेल्थ याद आयो’ नामको स्वास्थ्य परामर्श सेवाले नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल रूपान्तरणको एउटा प्रभावकारी माध्यम बन्न थालेको छ ।
हेल्थ याद आयोले स्वास्थ्य सेवा क्षेत्रको जटिलता घटाएर बिरामीलाई सहज, सरल र विश्वसनीय सेवा दिन थालेको जनाइएको छ । यो प्लेटफर्मले एकातर्फ घरमै बसेर विशेषज्ञ चिकित्सकसँग सिधा परामर्श गर्न सकिने वातावरण बनाएको छ भने अर्कोतर्फ विदेशमा उपचार खोजिरहेका नेपालीलाई सहज पहुँचको व्यवस्था गर्नेतर्फ पनि कदम चालेको छ ।

डिजिटल माध्यमबाट स्वास्थ्य सेवा लिने संस्कारलाई व्यावहारिक बनाउन हेल्थ याद आयोले खेलिरहेको भूमिका नेपालमा स्वास्थ्य सेवा प्रविधिमा आएको उल्लेखनीय परिवर्तनका रूपमा लिन सकिने संस्थाका प्रमुख कार्यकारी अधिकृत विमल बराल बताउँछन् । ‘हामीले अस्पतालमा बिरामीले पाएको सास्तीलाई सहज बनाउन हेल्थ याद आयो थाल्यौँ । यसको एक मात्र उद्देश्य भनेको सहज तरिकाले अस्पतालका सेवा लिन पाऊन् भन्ने हो, जुन नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल रुपान्तरणमा अत्यन्त प्रभावकारी हुन्छ भन्ने लाग्छ,’ बरालले भने । यस एपमार्फत प्रयोगकर्ताले आफूले चाहेको अस्पताल वा चिकित्सक छनोट गर्न सक्ने सुविधा पाउने उनले बताए । उनका अनुसार टेलिमेडिसिन सेवा, डाक्टरसँग राय परामर्श, डायग्नोस्टिक सेवा, मेडिकल रिपोर्ट ट्याकिङ, फार्मेसी सेवा र घरमै औषधि पु¥याउने व्यवस्था यसमा उपलब्ध छ ।

नेपालबाट हरेक वर्ष हजारौँ नागरिक उपचारका लागि भारतलगायत अन्य मुलुक जाने गर्छन् । खासगरी जटिल उपचार आवश्यक परेको अवस्थामा त उनीहरू नयाँ देशमा पुगेर स्वास्थ्य संस्थाको खोजी, सम्पर्क सूत्र, बसोबास, भाषा र लागतको जानकारी नहुँदा तनावको सिकार हुने गरेका छन् । हेल्थ याद आयोले अहिले यिनै समस्याको समाधान गर्न विदेशी अस्पतालहरू, तिनका विशेषज्ञ चिकित्सकको सूची, तिनको उपलब्धता र लागतका बारेमा सम्पूर्ण जानकारी उपलब्ध गराउने काम थालेको छ ।

दुई वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको “हेल्थ याद आयो” का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थ एपका परिकल्पनाकार कम्प्युटर इन्जीनियर प्रज्वल चुकेका अनुसार मोवाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालका प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परीक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यसका साथै छिमेकी भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसंग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एपकै माध्यमबाट प्राप्त गर्न सकिने प्रवन्ध निर्देशक चुकेले बताए ।

हेल्थ याद आयो मोवाइल एपका परिकल्पनाकार तथा कम्पनीका प्रबन्ध निर्देशक चुकेका अनुसार विरामीले उपचारको योजना बनाउन सकून् भनेर प्रारम्भिक लागत, समय, उपचारका विधिहरुबारे पूर्व जानकारी यसमार्फत् पाउँनेछन् । त्यति मात्र होइन, विदेश जाने विरामीका लागि आवास व्यवस्थापन, यात्राको समन्वय, आवश्यक भए प्रवेशाज्ञा (भिसा) सम्मको प्रक्रिया सहज बनाउने जिम्मा पनि यो प्लेटफर्मले लिएको छ ।

‘देशभित्र होस् या बाहिर जानुपर्ने परिस्थितिमा नै किन नहोस्, हरेक विरामीले हेल्थ याद आयोलाई सम्झन सक्नुहुन्छ । हामी उपचारको प्रक्रियालाई एकदमै सहज र छरितो बनाउन सघाउँछौँ,’ इन्जीनियर चुकेले भने ।

नेपाल सरकारले अघि सारेको डिजिटल स्वास्थ्य नीतिमा हेल्थ याद आयोले व्यावहारिक रूपमा योगदान पु¥याएको चुकेको दाबी छ । प्रविधिमा आधारित सेवा प्रणालीले नै यसको भविष्य निर्माण गरिरहेको कार्यकारी अधिकृत बरालले बताए । हेल्थ याद आयोले पनि त्यही भविष्यको बाटो समात्दै नेपाली स्वास्थ्य सेवा प्रणालीलाई नयाँ ढंगले परिभाषित गर्न थालेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ९ : १४ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको