१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’



काठमाडौँ । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य प्राकृतिक उत्पादन गर्न थालिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ मा रहेको जनकधाममा उत्पादित दूध, दही, घ्यू, गहुँत, गोबरसहितका पञ्चगव्य र हर्बलको प्रयोग गरेर औषधिजन्य वस्तु बनाउन थालिएको हो ।

त्यहाँ उत्पादित वस्तु उपभोक्तासम्म पु¥याउने उद्देश्यसहित मुख्य बिक्री केन्द्र जनकधाम र काठमाडौँको बुद्धनगरबाट बिक्रीवितरणसमेत गर्न थालिएको छ । सञ्चालक कौशलेन्द्र झाले दुईवटा बिक्री केन्द्र र आवश्यकताअनुसार अन्य क्षेत्रमा यहाँका उत्पादन उपलब्ध गराउन थालिएको बताए । हाल घ्यूबाट वैदिक, तुलसी, अर्जुन, ब्राह्मी, शङ्खपुष्पी घृत गरी १२ वटा, मोहीबाट तक्र सुधा, तक्र आसव, पेस्टिसाइड्स गरी सात, गौमुत्रबाट मललगायत विभिन्न २० वटा उत्पादनसहित ६० भन्दा बढी होमकेयर, पर्सनल केयर, लाइफ केयर, फुडजन्य वस्तु बिक्रीमा ल्याइएको उनले बताए । “जनकधाममा उत्पादित यस्ता सामग्रीको पटकपटक आफैँले प्रयोग र परीक्षण ग¥यौँ । औषधि नै त भन्दैनौँ तर पञ्चगव्य र हर्बलको समिश्रणबाट औषधिजन्य सामग्री, जैविक उत्पादनका लागि मल, कल्चरल लिकुइड फर्टिलाइजर, किटनाशक जस्ता उत्पादन गरेका छौँ”, झाले भने ।

पाँच महिनादेखि काठमाडौँमा बिक्री केन्द्र राखिएकामा हालसम्म करिब एक हजार जनाले यसको प्रयोग गरी लाभ प्राप्त गरेको कम्पनीका अर्का सञ्चालक राघबेन्द्रकुमार झाले जानकारी दिए । देशभित्रका उपभोक्ता र विभिन्न माध्यमबाट नेपालबाहेक विभिन्न देशमा यी उत्पादनको बजार विस्तार भइरहेको उनले बताए ।

सञ्चालक कौशलेन्द्र झाले वैदिक सनातन मान्यताअनुसार नेपाली रैथाने गाईमा आधारित पञ्चगव्यमार्फत आममानिकलाई प्राकृतिक जीवन बाँच्न सहयोग गर्ने उद्देश्यले आफूहरू लामो अध्ययनपछि यस कार्यमा लागेको बताए । “हाम्रो ध्येय प्राकृतिक जीवन बाँच्नका लागि अभिप्रेरित गर्ने हो, किनकि प्राकृतिक जीवन बाँच्नलाई प्राकृतिक माटो, हावा, पानी र त्यसैको प्रयोगबाट उत्पादित प्राकृतिक भोजन, औषधि, जडिबुटी हुनुपर्छ । हाम्रो वैदिक सनातन मान्यता, आयुर्वेद र आधुनिक विज्ञानले पनि यसको आधार वर्णशङ्कर नगरिएको देशी गाई हुने कुरा प्रमाणित गरिसकेको छ”, उनले भने, “त्यसै आधारमा देशी गाई र पञ्चगव्यलाई स्रोत बनाएर अगाडि बढेमा प्राकृतिक जीवन बाँच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न हामीले त्यसमा आधारित उत्पादन र प्रयोग अभियान सञ्चालन गरेका छौँ ।”

सनातन कालदेखि आधुनिक चिकित्सा विज्ञानको युगमा विभिन्न अध्ययनहरूले पञ्चगव्यमा एन्टिक्यान्सर र एन्टिब्याक्टेरियल गुण भएकाले बायोपेस्टिसाइज, किटनाशक, प्रोटिन, क्याल्सियम, भिटामिन, खनिज, अमिनो एसिडलगायत तत्व र रेडियो विकिरणबाट रक्षा गर्ने गुण हुने देखाएका छन् ।

रैथाने प्राकृतिक शुद्ध नश्लका गाईमा आधारित पञ्चगव्यबाट बनेका वस्तुहरू लाभदाय हुने भनेर प्रमाणित भइसकेकाले त्यसैको महत्वबारे बुझाउन पनि ‘रैथाने गाईपालन तथा पञ्चगव्य उत्पादन’ विस्तारमा लागेको झाको भनाइ छ । “रैथाने देशी गाई प्राकृतिक जीवनका लागि महत्वपूर्ण त छँदैछन्, तिनमा आधारित पञ्चगव्यको प्रयोग आधुनिक अप्राकृतिक जीवनशैलीबाट उत्पन्न थरिथरिका रोग निदानमा पनि लाभदायक छन् भनेर देखाउनु हाम्रो उद्देश्य हो । हाल त्यसैको ‘डेमो’ देखाइरहेका छौँ । यसबाट असाध्य दीर्घरोगमा पनि राहत मिलेको भनेर आइरहेका प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ”, उनले भने ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ०२ बजे

दीपक मनाङे देउवा कांग्रेस प्रवेश, मनाङमा अधिवेशन गर्ने जिम्मा

काठमाडौं । ज्यान मुद्दामा अदालतले तोकेको सजाय पूरा गरी निस्किएको

मध्यपहाडी लोकमार्गको कुश्मा-मालढुंगाखण्ड अवरुद्ध हुँदा बढ्यो सास्ती

पोखरा । बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मे

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन