२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा भरतपुर अस्पताल प्रथम, भेरी अस्पताल दोस्रो

गजेन्द्रनारायण सिंह र मानसिक अस्पताल कमजोर



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनस्थित भरतपुर अस्पताल देशमै पहिलो स्थानमा पर्न सफल भएको छ । अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल बनेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गगर्दै सर्वोकृष्ट अंक प्राप्त गरेको जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उनले मापदण्डमा दोस्रो स्थानमा बाँकेको भेरी अस्पताल ८३ अंक प्राप्त गर्दै दोस्रो र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९ अंक पाप्त गर्दै तेस्रो स्थानमा रहेको बताए ।

उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५, डडेल्धुरा अस्पताल ७३ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ अंक प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्तरका प्रमुख अस्पतालहरूमा वीर अस्पतालले ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६४, कोशी अस्पतालले ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५९ र नारायणी अस्पतालले ५६ अंक मात्र प्राप्त गरेका छन् ।

मन्त्रालयका अनुसार सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल र पाटनको मानसिक अस्पतालको अवस्था भने निकै कमजोर देखिएको छ । गजेन्द्रनारायण सिंहले जम्मा ३६ अंक प्राप्त गरेको छ । त्यसैगरि मानसिक अस्पतालले ३२ अंक ल्याएर सबैभन्दा कमजोर देखिएको महाशाखा प्रमुख पौडेलले बताए । मात्र मापदण्ड पूरा गरेका छन् ।

न्यूनतम सेवा मापदण्डमा क्लिनिकल सेवा, नर्सिङ सेवा, अस्पताल प्रशासन, संक्रमण नियन्त्रण, औषधि व्यवस्थापनलगायत ९० भन्दा बढी सूचकहरू समावेश गरिने मन्त्रालयले जनाएको छ । उनका अनुसार यस वर्षको मूल्यांकनमा १३ वटा संघीय अस्पतालहरूलाई समेटिएको थियो ।

मन्त्रालयले कम अंक ल्याउने अस्पतालहरूलाई तत्काल सुधार योजना पेश गर्न निर्देशन दिए पौडेलले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ४४ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज