२१ असार २०८३, आइतबार | July 5, 2026

तिलोत्तमामा नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता शुरु, उद्धघाटन खेलमा वडा न २ र १६ विजयी



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबारदेखि नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता शुरु भएको छ । नगरभित्र छरिएर रहेका युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्य सहित तिलोत्तमा नगरपालिकाको आयोजना तथा तिलोत्तमा क्रिकेट विकास समितिको संयोजनमा नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता अन्र्तगत बुधबार भएका २ खेलमा विजयी हुदै तिलोत्तमा वडा न २ र वडा न १६ अघिल्लो चरणमा प्रवेश गरेका छन ।

बुधबार बिहान भएको उद्धघाटन खेलमा वडा न ३ लाई ७ विकेटले हराउदै वडा न २ विजयी बन्यो । नेपाली १९ बर्षमुनिका टीम क्याप्टेन देव खनालको कप्तानीमा उत्रिएको वडा न ३ ले शुरुमा ब्याटिँग गर्दै प्रस्तुत गरेको १०१ रनको लक्ष्य वडा न २ ले ३ विकेट गुमाएर सहजै हासिल गर्यो । खेलमा अलराउण्डर प्रद्र्धशन गरेका विजेता टोली वडा न २ का खेलाडी दीपक पाण्डे म्यान अफ दी म्याच घोषित भए । उनले रेडियन्ट कलेजले प्रायोजन गरेको नगद रु १ हजार पुरस्कार पाए ।

यसैगरि बुधबार नै भएको दोस्रो खेलमा वडा न १० लाई ७ विकेटले हराउदै वडा न १६ ले जीत हात पार्यो । वडा न १० ले दिएको १३५ रनको लक्ष्य वडा न १६ ले मात्र ३ विकेट गुमाएर १८ दशमलव १ बलमा सहजै पुरा गर्यो । वडा न १६ को जीतमा लोक बहादुर थापा सुरज नायक बने । उनले ६३ बलमा नटआउट ६२ रनको उत्कृष्ट पारी खेल्दै टीमलाई सहज जीत दिलाउदै म्यान अफ दी म्याच घोषित भएका छन । प्रतियोगितामा बिहिबार पनि २ खेल हुदैछन ।

यसअघि बुधबारै भएको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडले पछिल्लो समय क्रिकेटप्रति बढिरहेको मोहमा नगरपालिका पनि सामेल भएको प्रष्ट पारे । खाडले तिलोत्तमा ६ मा रहेको नवजीवन क्लवको खेल मैदानलाई सुविधा सम्पन्न बनाउन नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै तिलोत्तमा क्रिकेट विकाश समितिका अध्यक्ष अर्जुन पराजुलीले क्रिकेटलाई विशिष्टिकृत बनाउने गरि यो बर्षबाट टेनिस बलको साटो प्रतियोगितामा ड्युज बल प्रयोग गरिएको जानकारी दिए ।

उद्धघाटन सत्रमा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरी, क्यानका पुर्व सचिव प्रशान्त विक्रम मल्ल, क्रिकेट संघ रुपन्देहीका कार्यकारी अध्यक्ष धिरज क्षेत्री, नेपाली टीम कोच बसन्त शाही, राष्टिय टोलीका पुर्व खेलाडी शक्ति गौचन लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन समितिका सचिव मिलन भण्डारीले गरेका थिए । १० नम्वर स्थित नवजीवन क्लवको खेल मैदानमा जारी प्रतियोगिता पौष १७ गतेसम्म चल्नेछ ।

तिलोत्तमा क्रिकेट विकाश समितिका उपाध्यक्ष कृष्ण भुषालले प्रतियोगिताको उपाधि विजेताले नगद रु ५० हजारसँगै कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद रु ३० हजारसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए । भुषालले विधागततर्फ म्यान अफ दी म्याच, वेष्ट ब्याटर, वेष्ट बलर, प्लेयर अफ दी सिरिज, लगायतलाई समेत पुरस्कारको ब्यवस्था गरिएको जानकारी दिए । प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिल्स तिलोत्तमाले प्रथम पुरस्कारको प्रायोजन गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ८ : ०० बजे

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर