२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु



बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

बिपी २-ए ७५६८ नम्बरको ट्रिपर सडकबाट करिब तीन सय मिटर तल खस्दा चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादब र सहचालक भारतको मध्यप्रदेशका ४० वर्षका सत्रुधन रजकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताए ।

गएराति करिब १ बजेदेखि काम गर्ने कार्य क्षेत्रबाटै बेपत्ता भएका उनीहरु आज विहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी र जलविद्युत् आयोजना काम मजदुरको सहायताले दुर्घटना ग्रस्त ठाउँबाट शबलाई बाहिर निकालिएको छ । नेपालविद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ३ : २५ बजे

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल

छ हजार ४०० सयले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको

इरानी आक्रमणको भयले कसरी गरेका थिए ट्रम्पले टर्कीबाट बेलायतको गोप्य उडान ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट