११ असार २०८३, बिहिबार | June 25, 2026

चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल



पोखरा । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलबीच आज द्विपक्षीय भेटघाट एवं छलफल भएको छ ।

सङ्घको सचिवालय गैह्रापाटनमा भएको भेटघाट तथा छलफलमा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना, व्यापार तथा पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल गरिएको थियो । छलफलमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख चाङले लुजाउ नगर औषधि तथा मदिरा उत्पादनमा अग्रणी रहेको जानकारी दिए ।

त्यहाँका उत्पादित वस्तु नेपालमा निकासी गर्न तथा नेपालमा उत्पादित वस्तु चीनको बजारमा पुर्याउनका निम्ति पोखरा उद्योग वाणिज्य सङ्घसँग सहकार्य गर्न आफूहरू तयार रहेको उनले बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अघिल्लो वर्ष निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति कार्यान्वयन हुँदा गण्डकीबाट भैँसीको मासु तथा अमिलो फलफूल निर्यात गर्न सकिने सम्भावनाबारे जानकारी गराए। यी क्षेत्रमा चिनियाँ लगानी ल्याउन सकिने बताउँदै उनले पोखराको पर्यटन उद्योगलाई सघाउन चिनियाँ टोलीलाई आग्रह गरे ।

छलफलमा सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति, महासचिव शोभा गौतमलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ०१ बजे

सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ घट्यो, चाँदीको कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२

रास्वपाको प्रदेशसभा खारेजी प्रस्तावप्रति बाबुरामको चेतावनी – ‘संघीयता भत्काउने भूल नगर्नू’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित