११ फाल्गुन २०८२, सोमबार | February 24, 2026

कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६२ पुग्यो



सियोल। दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ ।

दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किँदै गर्दा धावनमार्गबाट ​​बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर आगलागी भएको थियो । यसमा १८१ जना सवार थिए, दुई जना बाँचेकालाई अहिलेसम्म उद्धार गरिएको जापानको उद्दार बिभागले जनाएको छ।

कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो बिमान दुर्घटना हुदाँ कम्तीमा २८ जनाको मृत्यु भएको सुरूमा जानकारी दिएको थियो । उसका अनुसार विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।

योनहापका अनुसार उद्धार अभियान जारी रहँदा दुइ व्यक्ति जीवितै फेला परेको छ। उद्दार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : ४४ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने