२० मंसिर २०८२, शनिबार | December 6, 2025

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७९ जना, २ जनाको जीवितै उद्धार



काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । उनीहरु मध्य एक जना चालक दलका सदस्य र एक जना यात्रु भएको अधिकारीहरुले जनाएका छन् ।

जीवितै उद्धार गरिएका बाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले जनाएको छ । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।

दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए ।

थाइल्याण्डको बैंककबाट कोरिया आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र बाँकी सबै दक्षिण कोरियाका नागरिक रहेको पनि एजेन्सीले जनाएको छ ।

समाचार एजेन्सीका अनुसार विमान दुर्घटनाको कारण खुलि नसकेको जनाउँदै अधिकारीहरुले विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको बताएका छन् । ठोक्किए लगत्तै विमानमा आगो लागेको थियो ।

विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : ३८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल