२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवलमा छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा



बुटवल । बुटवलमा अन्तर विद्यालय स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएकोे नगर खेलकुद विकास समितिले जानकारी दिएको छ ।

बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरमा खेलाडी उत्पादन गर्ने उदेश्यका यही पुस १६ गतेदेखि १८ गतेसम्म बुटवलमा प्रतियोगिता गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएकोे बताए ।

बालबालिकालाई शैक्षिकसंगै खेलकुद अनिवार्य विषय भएको उल्लेख गर्दै उनले विगतका वर्षहरुमा प्रमाणपत्रमात्र दिने गरिएकोमा पछिल्लो ३ वर्षदेखि नगद पुरस्कार पनि वितरण गरिदै आएको जनाए । उनले अहिले पनि खेलाडी पुरस्कार निक्कै कम हुने गरेको बताउँदै त्यसलाई वृद्धि गर्न जरुरी रहेको बताए ।

उनका अनुसार यसवर्ष छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदान, हाईजम्प कालिका मानवज्ञान माबि, छात्र भलिबल सिद्धेश्वर कोर्टमा गरिने छ । सिद्धेश्वर लाल कुमारी माबि खेल मैदानमा आयोजना हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजि गरि ५३ विद्यालयहरु सहभागी हुने छन् । जसमा भलिबल, कबड्डी, तेक्वान्दो, कराते (छात्ररछात्रा), एथलेटिक्स लगायत समावेश छन् । प्रतियोगिताहरु ३ दिनसम्म संचालन हुने छ ।

यो वर्ष एन्फा एकेडेमी खेलमैदान मर्मतको क्रममा रहेको हुदा सिद्धेश्वर खेलमैदानमा गरिने अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगर पूर्वाधार विकास र खेल विकासमा लागेको बताए । फुटबलको आठ, क्रिकेटको ३ मैदान तयार गर्ने लक्ष्यसहित काम अघि बढेको जनाउँदै यनले लनटेनिस, बास्केटबल कोर्टहरुमा समेत लगानी भएको जानकारी दिए । ‘ यसवर्ष मात्र साढे ३ करोड रुपैया बजेट खेलकुदमा बिनियोजन गरिएको छ ।’– उनले भने ।

यो वर्ष बुटवल–१६ को डहरगाउमा क्रिकेट मैदान निर्माण गर्न ७५ लाख रुपैया, तिलोत्तमा गोल्डकपलाई ३५ लाख रुपैया बिनियोजन गरिएको उनले बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्याल, समितिका सदस्यसचिव प्रेम बस्नेत, प्रतियोगिता मुल्यांकन समितिका संयोजक लालहरि पाण्डेले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए । गतवर्ष कालिका मानवज्ञान माबि उपाधि विजेता रहेको थियो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : ५६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ