१० पुस २०८२, बिहिबार | December 25, 2025

आगामी निर्वाचनमा कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्छ : शेखर कोइराला



धनुषा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस तीनै तहमा एक्लै चुनाव लड्ने बताएका छन्। कांग्रेसको लक्ष्य तीनै तहमा चुनाव एक्लै लडेर जित्ने रहेको उनले बताए ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने बताए। दुई÷दुई महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको उनले बताए ।

सरकारले विलम्ब नगरी संविधानमा रहेका त्रुटि परिवर्तन गर्न अन्य दलसँग मिलेर अगाडि बढ्नुपर्ने समय आएको नेता कोइरालाको भनाइ थियो । पार्टीको महाधिवेशन समयमै गर्न पनि उनले जोड दिए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : ४५ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न