२१ असार २०८३, आइतबार | July 5, 2026

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन



नेपालगन्ज । नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सल्लाहाकारमा बरिष्ट फुटबलकर्मी गोवद्र्धन सिंह सम्झना र प्रदेश सिंह राठौरलाई मनोनयन गरिएको छ । आयोजक अन्तरालले उनीहरुलाई प्रतियोगिताको सल्लाहाकारको रुपमा मनोनयन गरेको जनाएको छ ।

सिंह अखिल नेपाल फुटबल संघ ( एन्फा) का पूर्व उपाध्यक्ष हुन् भने राठौर एन्फाका पूर्व केन्द्रीय सदस्य र बाँके जिल्ला फुटवल संघका पूर्व अध्यक्ष हुन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि २९ गते सम्म नेपालगन्जमा आयोजना गर्ने तयारी गरेको छ । नेपालगन्ज रंगशालामा हुने उक्त फुटवल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताले पश्चिम नेपालको फुटबल विकासमा महत्वपुर्ण भुमिका खेल्ने अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । उनले भने,‘यो प्रतियोगिता हाम्रो लागि विशेष छ । पश्चिम नेपालमा महिलाको स्तरीय प्रतियोगिता हुँदैन । यसले महिला फुटबलमा नयाँ किसिमको उर्जा थप्ने हामीले विश्वास लिएका छौं ।’

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले फुटबल क्षेत्रमा महत्वपुर्ण व्यक्तिलाई सल्लाहाकारको रुपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए । उनले भने,‘लुम्बिनी कप महिला फुटबल महिला खेलाडीलाई अवसर प्रदान गर्न आयोजना गर्न लागिएको हो । यसले फुटबल खेलाडीको स्तर वृद्धि गर्नुका साथै पश्चिम नेपालको खेल, पर्यटन क्षेत्रको विकासमा सहयोग गर्नेछ ।’

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : ११ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल