१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनशिप उपाधि नेपाललाई



महाराष्ट्र, पुणे(भारत) । भारतको महाराष्ट्र प्रदेश स्थित पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनशिपको उपाधि नेपालले हाँसिल गरेको छ ।

भारतको पुणे स्थित खेलकुद बिभाग केन्द्रमा सम्पन्न प्रतियोगिता अन्तर्गत नेपालले बिभिन्न उमेर र तौल समुहका गरि १७ स्वर्ण पदक जितेर उपाधि हासिल गर्न सफल भएको हो । यस्तै नेपालको तर्फबाट बिभिन्न उमेर र तौल समूहमा प्रतिष्पर्धा गरेका खेलाडी मध्ये ५ रजत र २ काश्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपालका खेलाडी रिमा कुमालले ६८ किलो २१ बर्ष उमेर समूहमा प्रतिष्पर्धा गर्दा नक आउटमा भारत र श्रीलंकाका प्रतिष्पर्धिलाई हराउदै स्वर्ण पदक हात पार्न सफल भएकी थिइन । यस्तै नेपालका खेलाडी बिपिन राना ५० किलो २८ बर्ष उमेर समूहमा स्वर्ण, शाहिल गुरुङले ५५ किलो समूह, बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्तेल, समिक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई, आकृति छनत्यालले स्वर्ण पदक जित्न सफल भएका छन् ।

प्रतियोगितामा भारतले १६ स्वर्ण, २९ रजत र ६१ काश्य पदक प्राप्त गरि दृतिय स्थान हाँसिल गर्न सफल भएको छ । यस्तै श्रीलंकाले ६ स्वर्ण ५ रजत र १५ काश्य पदक प्राप्त गरि तृतिय स्थान हाँसिल गरेको छ ।

यस अघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रद्र्वशन गरेका १० बर्ष मुनि समूहका शिद्वार्थ रानाले स्वर्ण पदक हात पारेका थिए । यस्तै उत्कृष्ठ काता प्रर्दशन गरेका ६ नेपाली खेलाडीले पनि आज स्वर्ण पदक जित्न सफल भएका छन् ।

विजयी खेलाडी लाई प्रतियोगित आयोजक संस्थाका तर्फबाट भारतिय राष्ट्रिय कराते सङ्घका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र बितरण गरेका थिए ।

भारतिय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका लगायतका विभिन्न उमेर समुहका १ सय भन्दा बढी खेलाडी सहभागी रहेको आयोजक संस्थाका महासचिव थापाले जानकारी दिए ।

प्रतियोगितामा जापान गोजुरियो कराते डो मिसन सङ्घ, नेपालका तर्फबाट बिभिन्न तौल र उमेर समूहका १८ जना महिला तथा पुरूष खेलाडी सहभागि रहेको संस्थाका अध्यक्ष केबी रानाले बताए । नेपाली प्रतियोगि खेलाडीहरूको प्रर्दशनले च्याम्पियनशिपको उपाधी हात पार्न सफल भएको उनले बताए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ८ : १९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले