५ श्रावण २०८३, मंगलबार | July 22, 2026

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनशिप उपाधि नेपाललाई



महाराष्ट्र, पुणे(भारत) । भारतको महाराष्ट्र प्रदेश स्थित पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनशिपको उपाधि नेपालले हाँसिल गरेको छ ।

भारतको पुणे स्थित खेलकुद बिभाग केन्द्रमा सम्पन्न प्रतियोगिता अन्तर्गत नेपालले बिभिन्न उमेर र तौल समुहका गरि १७ स्वर्ण पदक जितेर उपाधि हासिल गर्न सफल भएको हो । यस्तै नेपालको तर्फबाट बिभिन्न उमेर र तौल समूहमा प्रतिष्पर्धा गरेका खेलाडी मध्ये ५ रजत र २ काश्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपालका खेलाडी रिमा कुमालले ६८ किलो २१ बर्ष उमेर समूहमा प्रतिष्पर्धा गर्दा नक आउटमा भारत र श्रीलंकाका प्रतिष्पर्धिलाई हराउदै स्वर्ण पदक हात पार्न सफल भएकी थिइन । यस्तै नेपालका खेलाडी बिपिन राना ५० किलो २८ बर्ष उमेर समूहमा स्वर्ण, शाहिल गुरुङले ५५ किलो समूह, बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्तेल, समिक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई, आकृति छनत्यालले स्वर्ण पदक जित्न सफल भएका छन् ।

प्रतियोगितामा भारतले १६ स्वर्ण, २९ रजत र ६१ काश्य पदक प्राप्त गरि दृतिय स्थान हाँसिल गर्न सफल भएको छ । यस्तै श्रीलंकाले ६ स्वर्ण ५ रजत र १५ काश्य पदक प्राप्त गरि तृतिय स्थान हाँसिल गरेको छ ।

यस अघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रद्र्वशन गरेका १० बर्ष मुनि समूहका शिद्वार्थ रानाले स्वर्ण पदक हात पारेका थिए । यस्तै उत्कृष्ठ काता प्रर्दशन गरेका ६ नेपाली खेलाडीले पनि आज स्वर्ण पदक जित्न सफल भएका छन् ।

विजयी खेलाडी लाई प्रतियोगित आयोजक संस्थाका तर्फबाट भारतिय राष्ट्रिय कराते सङ्घका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र बितरण गरेका थिए ।

भारतिय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका लगायतका विभिन्न उमेर समुहका १ सय भन्दा बढी खेलाडी सहभागी रहेको आयोजक संस्थाका महासचिव थापाले जानकारी दिए ।

प्रतियोगितामा जापान गोजुरियो कराते डो मिसन सङ्घ, नेपालका तर्फबाट बिभिन्न तौल र उमेर समूहका १८ जना महिला तथा पुरूष खेलाडी सहभागि रहेको संस्थाका अध्यक्ष केबी रानाले बताए । नेपाली प्रतियोगि खेलाडीहरूको प्रर्दशनले च्याम्पियनशिपको उपाधी हात पार्न सफल भएको उनले बताए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ८ : १९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं