१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

अब विकट छैन ‘बोबाङ गाउँ’



बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै एक सय पाँच किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म निकै विकट मानिन्थ्यो । तर पछिल्लो समय विकासले गति लिन थालेपछि यस गाउँको मुहार फेरिएको छ । बाक्लो जनजाति र दलित समुदायको बस्ती रहेको बोबाङ गाउँमा स्थानीय सरकार स्थापनापछि स्वास्थ्य, शिक्षासहितको विकास पनि क्रमिक रूपमा भएको छ ।

ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँ विसं २०६६ मा सडकले जोडिएको थियो । त्यसभन्दा अगाडिसम्म यहाँ अधिकांश नागरिकहरूले घोडा, खच्चडमा सामान ढुवानी गरेर प्रयोग गर्ने गर्थे । गाउँमा सडक पुगेको थिएन । जसले गर्दा स्थानीयको जनजीवन कष्टकर नै थियो । घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय बर्खामा ढोरपाटन र हिउँदमा बोबाङमा बस्ने गर्छन् ।

कृषि र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका उनीहरूको जीवनशैली अहिले बदलिएको छ । पन्ध्र वर्ष अगाडि बोबाङ गाउँमा सडक पुगे पनि लामो समयसम्म यातायात सञ्चालन हुन सकेको थिएन । पछिल्लो समय कच्ची सडक भए पनि दैनिक यातायात सञ्चालन हुने गर्छन् । सडकले गाउँसँगै यहाँका हजारौँ नागरिकको जीवनशैली बदली दिएको स्थानीय ७६ वर्षीय तमबहादुर कायतले बताए । आफूले बोबाङ गाउँ यसरी परिवर्तन होला भन्ने कल्पना नगरेको उनको भनाइ छ । कायतले सडकले गाउँमा ठूलो परिवर्तन लिएको बताए ।

उनले भने, “हामी त गाईभैँसी र खेतीपाती गरेर जीवन धान्यौँ, अहिलेको जस्तो सडक थिएन, गाडी चल्दैनथे, नुन, तेल र चामल ल्याउनका लागि बुटवल पुग्नुपर्थ्यो, बुटवल पुग्न १२ दिन लाग्थ्यो, अहिले घरमै सबैथोक आउँछ, उति बेला पढ्ने चलन थिएन, अहिले त गाउँमा हाई स्कुल बनेको छ, बसै बालबालिकाले पढ्न पाएका छन्, हामीहरू त न पढ्न पायौँ, न बिमार लाग्दा उपचार पायौँ ।”

स्थानीय कुलबहादुर सुनारले सडकले बोबाङ गाउँलाई बजारसँग सिधा जोड्दा विकासले गति लिएको बताए । पहिले गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर दिनभर लगाएर अस्पताल पु¥याएको स्मरण गर्दै अहिले टोलमै स्वास्थ्य संस्था सञ्चालनमा आएको उनको भनाइ छ । ढोरपाटन जाँदाआउँदा घोडामा चढ्नुपर्ने बाध्यता हटेको भन्दै अहिले दैनिक गाडी चल्दा आलु, स्याउ, सिमी र अन्य उत्पादन बजारमा पुर्‍याउन सहज भएको सुनार बताउँछन् ।

राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको बीचमा पर्ने बोबाङ गाउँमा पछिल्लो समय धमाधम पक्की घर भवनसमेत बन्दै गएका छन् । जिल्लाको सुदूरपश्चिम मानिने यस गाउँमा सडक आएपछि नागरिकको जीवनस्तरसमेत फेरिएको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए । अब यहाँका नागरिकलाई आयआर्जनसँग जोड्ने खालको कार्यक्रम ल्याउने र आत्मनिभर बनाउनतर्फ लाग्ने कायत बताउँछन् । पहिले विकट भनेर कर्मचारीसमेत आउन नमान्ने ठाउँमा अहिले धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : ४६ बजे

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई