१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अक्सबृज इन्टरनेशनलद्वारा नव आगन्तुक विद्यार्थीलाई स्वागत



बुटवल । अक्सबृज इन्टरनेशनल एकेडमीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरि एकेडेमीले ल्याब टेक्निसियन र एचए मा अध्ययन गर्ने ७० जना नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।

स्वागत कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले प्राविधिक शिक्षा जीवन उपयोगि शिक्षा भएकाले लगनशिल भएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । साथै प्राविधिक शिक्षा मानव जीवनसँग जोडिएकाले सेवाको भावनाले काम गर्नु पर्ने भएकाले यो शिक्षा समाजका लागि अति अपरिहार्य र महत्वपूर्ण रहेको बताए ।

उनले परीक्षाको समयमा मात्रै धेरै अध्ययन गर्नु भन्दा नियमिति रुपमा नै समय निर्धारण गरेर अध्ययन गर्दा सफलता मिल्ने बताए । एकेडेमीका कार्यवाहक अध्यक्ष गोविन्द खनालले आफुहरुले विद्यार्थीहरुलाई सौद्धान्तिक रुपमा भन्दा पनि व्यवहारिक रुपमा अध्ययन गराउने भएकाले विद्यार्थीहरुले धेरै कुरा सिक्ने पाउने बताए ।

साथै उनले अक्सबृजमा अध्ययन गरेका विद्यार्थीहरु अध्ययन सके पछि धेरै राम्रो काम गरेको भन्दै नव आगन्तुक विद्यार्थीहरुले निरन्तरता दिनेमा आफु् विश्वस्त रहेको बताए। यस्तै एमडी डिपि खनालले पनि नयाँ विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. इन्द्र ढाकाल, आम्दा अस्पतालका मडिकल सुपरिडेन्ड डा. विनोद पराजुली, चिकित्सक संघ लुम्बिनी अध्यक्ष डा. कृष्ण खरेल, भिम अस्पतालका अध्यक्ष अन्नत कुमार शर्मा, सिटिभिटीका डा. राजु भुसाल, प्रदिप कुमार श्रीवास्तव लगायतले शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुको शैक्षिक सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ५९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा