६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

दक्षिण कोरियाका पुर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी



सियोल । दक्षिण कोरियाका पुर्व राष्ट्रपति युन सुक योल विरुद्ध पक्राउ पुर्जि जारी भएको छ । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

युनले गत डिसेम्बर ३ मा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा अप्रत्याशित रूपमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोध मात्रै भएन, संसदले केही घन्टामा नै उनको सो कदम माथी रोक लगाएको थियो ।

संसदले रोक लगाएको ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिएको उनले घोषणा गरेका थिए । सो क्रम यसै रोकिएन र संसदले दोस्रो पटकमा बहुमतका साथ युनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेर राष्ट्रपतिबाट निलम्बन गरेको थियो ।

युनको मार्शल ल लागू गर्ने निर्णयको विरुद्ध अनुसन्धान भइरहेको छ । उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : १८ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३