१ आश्विन २०८३, बिहिबार | September 17, 2026

आँधीखोलामा तटबन्ध निर्माण गर्दै भीरकोट नगरपालिका



वालिङ । यहाँको भीरकोट नगरपालिकाले आँधीखोलामा तटबन्ध निर्माणलाई प्राथमिकताकामा राखी काम सुरु गरेको छ ।

आँधीखोलाले बर्सेनि खेतीयोग्य उर्वर भूमि कटान गरेकाले रोकथाम तथा खोला नियन्त्रणका लागि नगरपालिकाले गौरवको योजनाका रुपमा तटबन्ध निर्माणलाई तीव्रता दिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । उनले भने, “चालु आर्थिक वर्षमा पालिकाका तर्फबाट तीन करोड ७६ विनियोजन गरी तटबन्ध निर्माण भइरहेको छ ।”

यस वर्ष खोलाको दुईतर्फ एक हजार ७७ मिटर लम्बाइको तटबन्ध निर्माण हुने जनाइएको छ । नगरपालिका तथा गण्डकी प्रदेशले छुट्टाछुट्टै स्थानमा खोला नियन्त्रणका लागि काम गरिरहेकाले आगामी वर्षदेखि तटबन्धले फाइदा पुग्ने उनको भनाइ छ । “खोलाको दुवै किनारामा तटबन्ध निर्माणपश्चात् करिडोर निर्माण गरी सवारी साधन सञ्चालन गर्ने योजना छ”, उनले भने, “खोलाको दुवै किनारामा तीन किलोमिटर तटबन्ध निर्माण हुन्छ, आगामी दुई वर्षसम्म बाँकी काम सम्पन्न हुन्छ ।”

भीरकोट नपाले गत आव २०८०/८१ मा एक करोड ४८ लाख विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये ८८ लाखमा चार सय ३० मिटर निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनियर सरोज पराजुलीले बताए । आव २०७९/८० मा पालिकामार्फत दुई सय ६० मिटर तटबन्ध निर्माण भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  २ : १३ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको