६ पुस २०८२, आइतबार | December 21, 2025

आँधीखोलामा तटबन्ध निर्माण गर्दै भीरकोट नगरपालिका



वालिङ । यहाँको भीरकोट नगरपालिकाले आँधीखोलामा तटबन्ध निर्माणलाई प्राथमिकताकामा राखी काम सुरु गरेको छ ।

आँधीखोलाले बर्सेनि खेतीयोग्य उर्वर भूमि कटान गरेकाले रोकथाम तथा खोला नियन्त्रणका लागि नगरपालिकाले गौरवको योजनाका रुपमा तटबन्ध निर्माणलाई तीव्रता दिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । उनले भने, “चालु आर्थिक वर्षमा पालिकाका तर्फबाट तीन करोड ७६ विनियोजन गरी तटबन्ध निर्माण भइरहेको छ ।”

यस वर्ष खोलाको दुईतर्फ एक हजार ७७ मिटर लम्बाइको तटबन्ध निर्माण हुने जनाइएको छ । नगरपालिका तथा गण्डकी प्रदेशले छुट्टाछुट्टै स्थानमा खोला नियन्त्रणका लागि काम गरिरहेकाले आगामी वर्षदेखि तटबन्धले फाइदा पुग्ने उनको भनाइ छ । “खोलाको दुवै किनारामा तटबन्ध निर्माणपश्चात् करिडोर निर्माण गरी सवारी साधन सञ्चालन गर्ने योजना छ”, उनले भने, “खोलाको दुवै किनारामा तीन किलोमिटर तटबन्ध निर्माण हुन्छ, आगामी दुई वर्षसम्म बाँकी काम सम्पन्न हुन्छ ।”

भीरकोट नपाले गत आव २०८०/८१ मा एक करोड ४८ लाख विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये ८८ लाखमा चार सय ३० मिटर निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनियर सरोज पराजुलीले बताए । आव २०७९/८० मा पालिकामार्फत दुई सय ६० मिटर तटबन्ध निर्माण भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  २ : १३ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम