२४ मंसिर २०८२, बुधबार | December 11, 2025

बुटवलमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



बुटवल । बुटवलमा आजलेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

मंगलबार प्रतियोगिताकाे बुटवलको दिपनगरस्थित सिद्वेश्वरी खेल मैदानमा एक विशेष कार्यक्रमकाबीच बुटवल उप-महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गरे ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई उपमहानगरपालिकाले गाैरवकाे कार्यक्रमकाे रूपमा लिएको भन्दै साेही अनुसार बजेट विनियाेजन गरिएकाे बताए ।

बुटवलमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले राष्ट्रिय स्तरको प्रतियोगिताकाे झल्को दिने विश्वास व्यक्त गरे ।

बुटवलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदकाे क्षेत्रमा पर्याप्त बजेट छुट्टयाइएको बताउदै नगर प्रमुख पाण्डेयले साेही अनुसार खेल मैदान निर्माण र विभिन्न विधामा प्रतियोगिताहरू सञ्चालन गरिरहेको उल्लेख गरे ।

शिक्षा, स्वास्थ्यसँगै बुटवललाई खेल पर्यटनसँग पनि जाेड्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिकाले खेलकुदकाे विकासलाई विशेष महत्त्व दिएर बजेट छुट्टयाइएको भन्दै खेलकुदले विद्यार्थीकाे स्वास्थ्यसँगै पठनपाठनमा पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियाकाे सभापतित्वमा सम्पन्न प्रतियोगिता उदघाटन कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य सचिव प्रेमबहादुर बस्नेत, नगर खेलकुद विकास समितिका सदस्य लालहरी पाण्डेलगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

प्रतियोगितामा नगर भित्रका ५३ विद्यालयका एक हजार चार सय ७० विद्यार्थीले प्रतिस्पर्धा गर्ने खेल कमिसनर हरी प्रसाद श्रेष्ठले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा कालिका मानवज्ञान मावि, नविन औद्याेगिक कदरबहादुर रीता मावि, उजिरसिंह मावि लगायतका विद्यालयहरूले पिटि तथा सांगीतिक प्रस्तुति गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : ५६ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल