२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतका कप्तान रोहित प्लेइङ ११ बाहिर : टेस्टबाट सन्यासको सम्भावना



भारत । भारतले अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा रोहित शर्मालाई मैदान बाहिर राखेको छ । यो शृङ्खलामा खराब फर्ममा रहेका कप्तान शर्मा पाँचौं टेस्टमा प्लेइङ ११ मा नपरेका हुन् ।

भारतका प्रशिक्षक गौतम गाम्भीरले जसप्रित बुमराहलाई कप्तानको जिम्मेवारी दिएका छन् । बुमराहको नेतृत्वमा मैदानमा उत्रेको सुनिल गावस्कर ट्रफीको पाँचौँ खेलमा सुभमन गिललाई टोलीमा समावेश गरिएको छ । लोकेश राहुल र यशस्वी जैसवालले पारीको सुरुवात गरे ।

तर खेलको सुरुवातमै राहुल र जैसवाल आउट भइसकेका छन् । पहिलो विकेटका रुपमा राहुल चार रन बनाएर आउट हुँदा जैसवालले मात्र १० रन बनाए । भारतले ७.४ ओभरमै १७ रन बनाउँदा दुई विकेट गुमाएको हो । अहिले शुभमन गिल र विराट कोहली क्रिजमा छन् । खेलमा गिल तेस्रो क्रममा ब्याटिङ गर्न आएका हुन् ।

रोहित बिदामा नै भएको समयमा पर्थमा भएको पहिलो टेस्टमा भारतले बुमराहकै नेतृत्वमा सफलता पाएको थियो । रोहित टोलीमा समावेश भएपछि भारतको हार सुरु भएको थियो । मेलबर्नमा भएको चौथो टेस्टमा उनले ३ र ९ रन रन प्रहार गरेका थिए ।

यस शृङ्खलापछि नै रोहितले सन्यासको बारे पनि सोच्न सक्ने बताइएको छ । यस शृङ्खलालाई कम्तीमा बराबरी गरेर १० वर्षमा पहिलो पटक बोर्डर गावस्कर ट्रफी लैजानबाट रोक्नका लागि भारतले जित्नै पर्नेछ ।

रोहित छोरो जन्मिएको उपलक्ष्यमा बिदामा रहेको समयमा पारीको सुरुवात गरेका राहुलले गरेको प्रदर्शनकै कारण भारतले १-० को अग्रता लिएको थियो । त्यसपछि मध्यक्रममा ब्याटिङ गरेका उनी मेलबर्नमा भएको टेस्टमा पारीको सुरुवात गरे पनि असफल भएका थिए ।

अन्तिम टेस्टमा पारीको सुरुवात गरेका राहुल ४ रनमा आउट भइसकेका छन् । टोलीको योगफल ११ हुँदा मिचे स्टारतकले उनलाई आउट गरेका हुन् । जैसवाल पनि १० रन बनाएर आउट भए । उनलाई स्कट बोलान्डले आउट गरे। भारतले १७ रन जोड्दा ओपनर ब्यासम्यान दुवै जनालाई गुमाएको हो । अहिले १३ ओभरको समाप्तिमा भारतले ३३ रन बनाउँदा दुई विकेट गुमाएर खेलिरहेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ७ : ४१ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल