११ फाल्गुन २०८२, सोमबार | February 24, 2026

भारतका कप्तान रोहित प्लेइङ ११ बाहिर : टेस्टबाट सन्यासको सम्भावना



भारत । भारतले अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा रोहित शर्मालाई मैदान बाहिर राखेको छ । यो शृङ्खलामा खराब फर्ममा रहेका कप्तान शर्मा पाँचौं टेस्टमा प्लेइङ ११ मा नपरेका हुन् ।

भारतका प्रशिक्षक गौतम गाम्भीरले जसप्रित बुमराहलाई कप्तानको जिम्मेवारी दिएका छन् । बुमराहको नेतृत्वमा मैदानमा उत्रेको सुनिल गावस्कर ट्रफीको पाँचौँ खेलमा सुभमन गिललाई टोलीमा समावेश गरिएको छ । लोकेश राहुल र यशस्वी जैसवालले पारीको सुरुवात गरे ।

तर खेलको सुरुवातमै राहुल र जैसवाल आउट भइसकेका छन् । पहिलो विकेटका रुपमा राहुल चार रन बनाएर आउट हुँदा जैसवालले मात्र १० रन बनाए । भारतले ७.४ ओभरमै १७ रन बनाउँदा दुई विकेट गुमाएको हो । अहिले शुभमन गिल र विराट कोहली क्रिजमा छन् । खेलमा गिल तेस्रो क्रममा ब्याटिङ गर्न आएका हुन् ।

रोहित बिदामा नै भएको समयमा पर्थमा भएको पहिलो टेस्टमा भारतले बुमराहकै नेतृत्वमा सफलता पाएको थियो । रोहित टोलीमा समावेश भएपछि भारतको हार सुरु भएको थियो । मेलबर्नमा भएको चौथो टेस्टमा उनले ३ र ९ रन रन प्रहार गरेका थिए ।

यस शृङ्खलापछि नै रोहितले सन्यासको बारे पनि सोच्न सक्ने बताइएको छ । यस शृङ्खलालाई कम्तीमा बराबरी गरेर १० वर्षमा पहिलो पटक बोर्डर गावस्कर ट्रफी लैजानबाट रोक्नका लागि भारतले जित्नै पर्नेछ ।

रोहित छोरो जन्मिएको उपलक्ष्यमा बिदामा रहेको समयमा पारीको सुरुवात गरेका राहुलले गरेको प्रदर्शनकै कारण भारतले १-० को अग्रता लिएको थियो । त्यसपछि मध्यक्रममा ब्याटिङ गरेका उनी मेलबर्नमा भएको टेस्टमा पारीको सुरुवात गरे पनि असफल भएका थिए ।

अन्तिम टेस्टमा पारीको सुरुवात गरेका राहुल ४ रनमा आउट भइसकेका छन् । टोलीको योगफल ११ हुँदा मिचे स्टारतकले उनलाई आउट गरेका हुन् । जैसवाल पनि १० रन बनाएर आउट भए । उनलाई स्कट बोलान्डले आउट गरे। भारतले १७ रन जोड्दा ओपनर ब्यासम्यान दुवै जनालाई गुमाएको हो । अहिले १३ ओभरको समाप्तिमा भारतले ३३ रन बनाउँदा दुई विकेट गुमाएर खेलिरहेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ७ : ४१ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने