२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

राप्रपा नेपालको केन्द्रीय समितीको बैठक आज पनि



काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहने भएको छ ।

काठमाडौंको नवदुर्गा पार्टी प्यालेस, चावहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समिक्षा र पार्टीको भाबी कार्यदिशा प्रस्तुत गरेका थिए ।

शासकिय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिवेदन उपाध्यक्ष डा.बिष्णु भण्डारी, तराई मधेस उत्थान अभियानबारे उपाध्यक्ष धिरेन्द्र झा, संगठन विभागको प्रतिवेदन महामन्त्री राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सचिवालयको प्रतिवेदन सह महामन्त्री हिक्मतजङ्ग भण्डारी, गैर सरकारी विभागको प्रतिवेदन सह महामन्त्री महेश्वर रोक्काले प्रस्तुत गरेका थिए ।

आज हिजो पेश भएका कार्यपत्र र प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहने महामन्त्री बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : २६ बजे

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका