१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली



सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन । खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यहाँ विकासका पूर्वाधारलाई थप सबल बनाइने बताए ।

प्रधानमन्त्री ओलीले पर्यटन सडकको स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारबीच सहकार्य कायम रहने बताए । “यो सडकलाई कालोपत्र बनाउने जिम्मा दुवै सरकारको हुनेछ । यस जिल्लाको विकास अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन”, उनले भने, “राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पाजस्ता विश्वविख्यात सहासिक व्यक्तिहरूको जन्मभूमि खुम्बुमा थप विकासका कामले पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पु¥याउनेछ ।”

खुम्बु क्षेत्रमा सडक सञ्जाल विस्तार र स्तरोन्नतिका लागि सरकारले गम्भीर प्रयास गर्ने प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री ओलीले यहाँ साहसिक पर्यटन र सांस्कृतिक महत्वलाई थप उजागर गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकारको विशेष ध्यान जाने बताए । “सोलुखुम्बु पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला हो । विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार भएकाले यस क्षेत्रले साहसिक पर्यटकलाई आकर्षित गर्दै आएको छ । यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउने गरी विकासका कार्यक्रम अगाडि बढाउन सरकार तयार छ”, उनले भने ।

सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पु¥याउने प्रधानमन्त्री ओलीको विश्वास छ । यस सडक निर्माणले खुम्बु क्षेत्रका बासिन्दालाई यातायात सुविधा सहज बनाउनाका साथै जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग, पर्यटनमा ऐतिहासिक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ६ : ३१ बजे

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा