१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

किम्फ चलचित्र महोत्सव दमकमा हुने



दमक । नाट्य क्षेत्रमा दमकलाई चिनाउने उद्देश्यले दमक-९ स्थित कदम नाट्यघरले काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) आयोजना गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नाट्यघरका अध्यक्ष हेमन्त बुढाथोकीले आगामी माघ ५ र ६ गतेसम्म सञ्चालन हुने किम्फ चलचित्र महोत्सव भव्य रूपले सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए ।

आयोजक संस्था कदम नाट्यघरका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक बुढाथोकीले महोत्सवमा १४ वटा लामा तथा छोटा वृत्तचित्र र कथानक चलचित्रहरू देखाइने बताए । विभिन्न सामाजिक मुद्दाका दुई विधामा सामूहिक छलफल हुने उनले उल्लेख गरे ।

तीन तहका सरकार र समाजमा दलित समुदायको प्रतिनिधित्व, आवश्यकता र महत्वसम्बन्धी सामूहिक छलफल हुने अध्यक्ष बुढाथोकीले बताए । उनले यो छलफलले राजनीतिक तथा सामाजिक क्षेत्रमा दलित समुदायको समावेशीकरणसँग सम्बन्धित चुनौती र अवसरलाई उजागर गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।

“सामाजिक न्याय र समानताको मार्गमा गरिएका प्रगतिका साथै विद्यमान समस्या, समाधानका उपाय र पूरा गर्नुपर्ने चुनौतीसम्बन्धी विज्ञहरू, अभियन्ता र सरोकार भएका पक्षको सामूहिक छलफल हुनेछ”, नाट्यघरका अध्यक्ष बुढाथोकीले भने । उनका अनुसार महोत्सवमा करिब एक हजार कलाप्रेमी दर्शक सहभागी हुने अनुमान गरिएको छ ।

कदम नाट्यघरका कला निर्देशक सिजन दाहालले किम्फ घुम्ती महोत्सवअन्तर्गत दमकमा पहिलो पटक यस किसिमको महोत्सव आयोजना गर्न लागिएको बताउँदै यसले यहाँको कला, सम्पदा र परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : ०३ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको