२० भदौ २०८३, शनिबार | September 6, 2026

किम्फ चलचित्र महोत्सव दमकमा हुने



दमक । नाट्य क्षेत्रमा दमकलाई चिनाउने उद्देश्यले दमक-९ स्थित कदम नाट्यघरले काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) आयोजना गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नाट्यघरका अध्यक्ष हेमन्त बुढाथोकीले आगामी माघ ५ र ६ गतेसम्म सञ्चालन हुने किम्फ चलचित्र महोत्सव भव्य रूपले सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए ।

आयोजक संस्था कदम नाट्यघरका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक बुढाथोकीले महोत्सवमा १४ वटा लामा तथा छोटा वृत्तचित्र र कथानक चलचित्रहरू देखाइने बताए । विभिन्न सामाजिक मुद्दाका दुई विधामा सामूहिक छलफल हुने उनले उल्लेख गरे ।

तीन तहका सरकार र समाजमा दलित समुदायको प्रतिनिधित्व, आवश्यकता र महत्वसम्बन्धी सामूहिक छलफल हुने अध्यक्ष बुढाथोकीले बताए । उनले यो छलफलले राजनीतिक तथा सामाजिक क्षेत्रमा दलित समुदायको समावेशीकरणसँग सम्बन्धित चुनौती र अवसरलाई उजागर गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।

“सामाजिक न्याय र समानताको मार्गमा गरिएका प्रगतिका साथै विद्यमान समस्या, समाधानका उपाय र पूरा गर्नुपर्ने चुनौतीसम्बन्धी विज्ञहरू, अभियन्ता र सरोकार भएका पक्षको सामूहिक छलफल हुनेछ”, नाट्यघरका अध्यक्ष बुढाथोकीले भने । उनका अनुसार महोत्सवमा करिब एक हजार कलाप्रेमी दर्शक सहभागी हुने अनुमान गरिएको छ ।

कदम नाट्यघरका कला निर्देशक सिजन दाहालले किम्फ घुम्ती महोत्सवअन्तर्गत दमकमा पहिलो पटक यस किसिमको महोत्सव आयोजना गर्न लागिएको बताउँदै यसले यहाँको कला, सम्पदा र परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : ०३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा