२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

मानव सेवाभन्दा ठूलो अर्को धर्म छैन : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको बताएका छन । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रममा राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रुपमा अपनाउनुपर्नेमा जोड दिए ।

मानवता र नैतिकतामा सङ्कुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उनको भनाइ थियो । राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापनाकालदेखि नै ‘जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने’ मानवता प्रवद्र्धन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताए ।

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत नेपाल सरकारले लिएको सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइने नीतिलाई मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा तथा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित आफ्ना गतिविधि केन्द्रित गरेर कार्यान्वयनमा सहयोगी बनेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

त्यस अवसरमा तेस्रो मेचीकाली राष्ट्रिय उद्धार यात्र, २०८१ सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिनुका साथै यात्राका मुख्य अभियान्ता मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र उपाध्यक्ष होमनाथ खतिवडालाई राष्ट्रपतिले सम्मान गरेका थिए । आश्रमका अध्यक्ष अधिकारीले यात्राको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : ०९ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर