९ पुस २०८२, बुधबार | December 24, 2025

माओवादी केन्द्रीय समितिको बैठक पुस २४ सम्म लम्बिने



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २४ सम्म सञ्चालन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सबै केन्द्रीय सदस्यले धारणा राख्ने भए पछि पुस २४ सम्म सञ्चालन हुने भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक सदस्यलाइ तीन-तीन मिनेटको समय निर्धारण गरिएकाले पनि समय नपुग्ने भन्दै पुस २४ सम्म लम्बाइएको हो ।

आजको बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा बस्दैछ । बैठकमा प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन, जहाँ आज र भोली केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन भने पुस २४ गते अध्यक्ष प्रचण्डलगायतका पदाधिकारीले जवाफ दिए पछि सम्पन्न हुने गरी कार्यतालिका निर्धारण गरिने भएको छ ।

त्यसका लागि अहिले स्थायी कमिटीको बैठक चलिरहेको छ ।

 

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ११ : ०४ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना