१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतमा दुइ बालकमा देखियो एचएमभिपी भाइरस, स्वास्थ्य मन्त्रालयले बोलायो आकस्मिक बैठक



बैंगलोर । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन । एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छन र अर्का ६ महिनाको बच्चामा पनि एचएमभिपी देखा परेको छ, जो बालक कर्नाटकको राजधानीको अस्पतालमा उपचार भइरहेको छ ।

भारतमा एचएमभिपी देखा परेको यो पहिलो घटना हो । उत्तरी छिमेकी चीनमा देखा परेको एचएमभिपी भारतमा पनि देखा परे पछि उच्च सतर्कता अपनाइएको छ ।

संक्रमित शिशुहरू र तिनीहरूका परिवारहरूका अन्य कुनै सदस्यलाइ कुनै खतरा नभएको जनाइएको छ । ‘दुबै केसहरू धेरै श्वासप्रश्वासका भाइरल रोगजनकहरूको लागि नियमित उपचारबिधीमार्फत पहिचान गरिएको थियो,’ आइसीएमआरले भनेको छ । उसका अनुसार देशभर श्वासप्रश्वास सम्बन्धी रोगहरूको निगरानी गर्न जारी प्रयासहरू भइरहेका छन ।

चीनमा श्वासप्रश्वाससम्बन्धी रोगहरू इन्फ्लुएन्जा, आरभिसी र एचएमभिपी जस्ता भाइरसहरू गर्दा मौसमी परिवर्तनले देखा परेका छन् । यी भाइरसहरू  एक अर्कासँग मिल्दोजुल्दो देखिएका छन् ।

स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार भारतबाट हालको निगरानी डेटाले श्वासप्रश्वासको संक्रमणमा कुनै असामान्य वृद्धि भएको संकेत गर्दैन । यद्दपी, बैंगलोरमा दुइ बिरामी देखा परेपछि स्वास्थ्य मन्त्रालयले आज एचएमभीपीसँग लडन आवश्यक पर्ने रणनीति बनाउनका लागि आकस्मिक बैठक बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १ : १२ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत