२० मंसिर २०८२, शनिबार | December 6, 2025

सत्कार दिवसका अवसरमा रैथाने खाना प्रदर्शन गरिने



काठमाडौं । नेपाल सत्कार दिवस ‘नेपाल हस्पिटालिटी डे–२०२५’ को दोस्रो संकरण आगामी माघ २ गते हुने भएको छ ।

होटल सङ्घ नेपालको स्थापना दिवसको अवसरमा सत्कार दिवस मनाउन लागिएको सङ्घले जनाएको छ । होटल क्षेत्रका सम्भावना, चुनौती तथा आगामी रणनीति तय गर्ने उद्देश्यले सत्कार दिवस आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिए ।

यस पटकको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले सङ्घले प्रकाशनमा ल्याएको ‘नेपाल होटल इयर बुक’को विमोचन गरिने उनले बताए । सोही अवसरमा रैथाने खाना प्रवर्द्धनका लागि सातै प्रदेशका मुख्य रैथाने खानाका परिकार प्रदर्शन गरिने गरिने सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

होटल सङ्घ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ७ : १८ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी