९ पुस २०८२, बुधबार | December 25, 2025

भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आव्हान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन नागरिकलाई आह्वान गरेका छन । केही दिन यतादेखि नेपालमा लगायता भूकम्प गइरहेकोले सुरक्षित हुन प्रधानमन्त्रीले आग्रह गरेका हुन ।

‘हिजोआज विभिन्न भागमा साना-ठूला भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो आब्हान गरेका हुन्  ।

मंगलबार बिहानै ६ः५१ बजे पनि काठमाडौं लगायत नेपालका विभिन्न भागमा भूकम्पको ठुलो धक्का महसुस भएको छ । नेपाल-चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाडौं सहित दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायतका क्षेत्रमा ठुलो धक्का महसुस भएको थियो ।

भूकम्पको धक्का कोशी तथा मधेस प्रदेशमा पनि महसुस भएको छ । चीनको तिब्बत तथा भारतको सिक्किममा समेत भूकम्पको धक्का महसुस भएको छ ।  खानी तथा भूगर्भ विभागका अनुसार भूकम्प ७ म्याग्निच्युड भन्दा बढीको गएको प्रारम्भिक रेकर्डले देखाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : २९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना