३० कार्तिक २०८२, आइतबार | November 16, 2025

भूकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो



काठमाडौं । मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ।

पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६ः५० बजे गएको भूकम्प परी ज्यान गुमाउने चिनियाँको संख्या ५३ पुगेको हो। ६२ जना घाइते भएका छन् ।

चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्।

उक्त भूकम्पमा परी सयौं घाइते भएका छन्। दर्जनौं घर,कार्यालय र भौतिक संरचनामा क्षति पुगेको छ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १२ : २१ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ३० प्रतिशत, दैनिक ३ सय जनशक्ति परिचालन

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री

पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरु मिलेर

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत

हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा