१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

चैतन्य एकेडेमीको तेस्रो शाखा बुटवलको देवीनगरमा संचालन



बुटवल । विगत एक दशकदेखि लोकसेवा तयारी कक्षा सञ्चालनसँगै विभिन्न शैक्षिक तथा सामाजिक क्रियाकलाप गदै आएको चैतन्य एकेडेमीले बुटवलमा शाखा बिस्तार गरेको छ । काठमाडौंको नयाँ बानेश्वर शंखमूलमा केन्द्रीय कार्यालय रहेको एकेडेमीले आफ्नो तेस्रो शाखाको रुपमा बुटवल-११ देवीनगरमा मंगलबारदेखि औपचारिक रुपमा सेवा विस्तार गरेको हो ।

सो अवसरमा बोल्दै बुटवल ब्रान्चका प्रमुख दिपक ढकालले लोक सेवा तयारीका लागि अब बुटवलमै भरपर्दो कक्षा लिन पाउने सुविधा प्राप्त भएको उल्लेख गरे । संघीय राजधानी काडमाडौंमा लोकसेवा तयारीका लागि नाम कमाएको यस संस्थाले खरिदारदेखि सह-सचिव सम्मका तयारी कक्षाहरु सञ्चालन गर्ने उनले जानकारी दिए । विशेष गरी सरकारी कर्मचारी, विभिन्न कार्यलय कर्मचारी तथा विद्यार्थीलाई मध्ययनजर गर्दै विहान १० बजेपहिले र साँझ ४ बजेपछिको समयमा कक्षा सञ्चालनलाई जोड दिइने उनले जानकारी गराए ।

एकेडेमीको विशेष पूजा विधिसहित बुटवलको मुक्तिनाथ धामका एक हजार आठ स्वामी लोकानन्दले उद्घाटन गरेका हुन् । एकेडेमीका प्रवन्ध निर्देशक गणेशप्रसाद जोशीले युवाहरुलाई सरकारी सेवामा प्रवशे गराएर विदेशीनबाट रोक्नका लागि आफ्नो अभियान रहेको उल्लेख गरे ।

लोकसेवाको तयारी कक्षा बाहेक समृद्धिका बहस तथा सम्मेलनहरु समेत आयोजना गर्दै आएको एकेडेमीले यसअघि धनगढीमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको जानकारी दिए । बुटवलमा एकेडेमी स्थापनासँगै अब संघीय राजधानी काठमाडौं धाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको उनले जनाए । कक्षामा सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारी तथा सेवा निवृत्त अनुभवि प्रशिक्षकहरुबाट अध्यापन गराएने उनले बताए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : ५१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले