५ श्रावण २०८३, मंगलबार | July 22, 2026

अर्थतन्त्र सुधार गर्न नीतिगत र संरचनागत सुधारमा लागेको छ: अर्थमन्त्री



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्।

अन्तर्राष्‍ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन् ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका मुद्दाहरुलाई ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका कामहरु अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी दिए।

अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउने उनले बताए। अर्थमन्त्री पौडेलले अन्तर्राष्‍ट्रिय मुद्रा कोषसँगको सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै सो क्रममा नेपाली पक्षबाट पर्याप्‍त सहकार्य एवं समन्वय हुने विश्‍वास व्यक्त गरे।

उनले अर्थतन्त्र सुधारका विषयमा उठेका विषयहरुबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गरे ।

सर्वत जहानको नेतृत्वको अन्तर्राष्ट्रिय मुद्रा कोषको टोलीले विगतका सुधारको कार्यक्रमहरुको समीक्षा जारी रहेको र आगामी दिनका लागि गृहकार्यमा रहेको जानकारी गराएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  २ : ४४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं