३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवलमा भेरी ट्रान्सपोर्टको गाडीबाट राजश्व छली भएको लाखौंको इलेक्ट्रिक चुरोट (भेप) बरामद



बुटवल। राजश्व छली गर्दै इलेक्ट्रिक चुरोट (भेप) को कारोबारेहरुले ट्रान्सपोर्टमा बुक गरेर इलेक्ट्रिक चुरोट (भेप)को ढुवानी गर्ने गरेको फेला परेको छ । नेपालगन्ज प्रधान कार्यालय रहेको भेरी ट्रान्सपोर्टले इलेक्ट्रिक चुरोट (भेप)को कारोबार गर्नेहरुको सामान ढुवानी गर्ने गरेको फेला परेको हो ।

काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भेरी टान्सपोर्ट गाडीमा राजस्व छली गरी ल्याइएको ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेसँगै राजश्व छलीको सामान ट्रन्सपोर्टबाट ढुवानी हुने गरेको पुष्टी भएको छ ।

चीनबाट ल्याइएको इलेक्ट्रिक चुरोटलाई नेपालगन्ज नाका हुँदै भारतको लैजाने तयारीका साथ ट्रन्सपोर्टमा बुक गरिएको सूचनाको आधारमा, पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा चेकजाँच गर्दा भेरी टान्सपोर्ट नेपालगन्जको ट्रकमा २६ सय पिस भेप फेला परेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । अनुसन्धान कार्यालय बुटवलका अनुसार, उक्त ट्रकमा २ सय पिसका दरले १३ कार्टुन भेप कार्यालयको टोलीले बरामद गरेको हो ।

भेप ढुवानीमा संलग्न भएको आरोपमा स्याङ्जा, कालिगण्डी गाउँपालिका-५ घर भएका डायमन्ड नेपाल इन्टरनेसनलका प्रतिनिधि रोजन न्यौपाने र बाँके, नेपालगन्जका सनाउल्ह अन्सारीलाई पक्राउ गरिएको अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार उनीहरूबाट बिगो बमोजिम ६२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । ३० लाख रुपैयाँ मूल्य बराबरको भेपको लागि जम्मा १ सय रुपैयाँ मात्र बिल काटिएको थियो । चीनबाट उक्त चुरोट नेपालगन्जस्थित जमुनाहा नाकाबाट भारतमा महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले ल्याइएको अनुमान गरिएको छ । राजस्व कार्यालयले यस विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : १३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको