१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर



रौतहट । चालकको लापरबाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो भई पुर्ण रुपमा क्षती भएको छ। टिपर चालक गम्भीर घाईते भएका छन् ।

विहिवार विहान ८ बजेको जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका-४ स्थित क्रशर उद्योगमा लु १ त २८४९ नम्वरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारबाट करेन्ट लागेर टिपरमा आगलागी हुँदा पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।

टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर  गम्भीर घाईते भएका छन् । उनको गरुडा स्थित एउटा निजी अस्पतालमा उपचार भैरहेको तथा अवस्था खतरामुक्त रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।

डिएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्न माथी उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय, गरुडाले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १ : १४ बजे

अफगानिस्तानले सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै : राष्ट्रसङ्घ

काबुल । पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र

देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका